काठमाडौं उपत्यकामा थपिए १०३८ कोरोना संक्रमित « Khabarhub

काठमाडौं उपत्यकामा थपिए १०३८ कोरोना संक्रमित


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- काठमाडौं उपत्यकामा पछिल्लो २४ घण्टामा थप १०३८ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार काठमाडौं उपत्यकामा थपिएका संक्रमितमध्ये ४०३ जना महिला र ६३५ जना पुरुष रहेका छन् ।

जसमध्ये काठमाडौंमा ८२२, ललितपुरमा १६८ र भक्तपुरमा ४८ जना संक्रमित थपिएका हुन्।

योसहित  नेपालमा पछिल्लो २४ घण्टामा थप १४४२ जनामा कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ ।

हालसम्म नेपालमा संक्रमितको संख्या २ लाख १२ हजार ९१७ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार हालसम्म कोरोनाका सक्रिय संक्रमितको संख्या २८ हजार ८७८ रहेको छ ।

पछिल्लो २४ घण्टामा थप ३५३८ जना कोरोना संक्रमणमुक्त भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण भएर निको हुनेको संख्या हालसम्म १ लाख ८२ हजार ७८० पुगेको छ ।

नेपालमा पछिल्लो २४ घण्टामा थप १२ जनाको कोरोना भाइरसको संक्रमणका कारण मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले पुष्टि गरेको छ ।

योसँगै नेपालमा कोरोनाले ज्यान गुमाउनेको संख्या १२५९ पुगेको छ ।

यस्तो छ मन्त्रालयको तथ्यांक

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ४ : ३२ बजे

बाढी प्रभावित ऋणीलाई राहत: सावाँ-ब्याज किस्ता भुक्तानीको म्याद पुस मसान्तसम्म थप

काठमाडौँ – भोटेकोशी र बुढीगण्डकी नदीमा आएको बाढीका कारण प्रभावित

दसैँ मनाउन गाउँ फर्किनेको चहलपहल बढ्यो, दुई दिनमै एक लाखबढीले छाडे काठमाडौं

काठमाडौं– बडादशैंको आगमनसँगै राजधानी काठमाडौं छाडेर गाउँ फर्किनेको चहलपहल बढेको

अटो र मोटरसाइकल ठोक्किँदा एक महिलाको मृत्यु

भैरहवा- रुपन्देहीको रोहिणी गाउँपालिका–३ टुलटेलसस्थित भैरहवा–परासी हुलाकी सडकखण्डमा अटो र मोटरसाइकल

कांग्रेस महिला सहमहामन्त्रीमा प्रतिमा निर्वाचित

काठमाडौँ – नेपाली कांग्रेसको १५ औँ महाधिवेशनअन्तर्गत केन्द्रीय सहमहामन्त्री (महिला)