भिसा अवधि सकिएका श्रमिकहरुले डिसेम्बर अन्त्यसम्म यूएई छाडे जरिवाना नलाग्ने « Khabarhub

भिसा अवधि सकिएका श्रमिकहरुले डिसेम्बर अन्त्यसम्म यूएई छाडे जरिवाना नलाग्ने


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– कोरोना महामारी कारण भिसा अवधि सकिएर अवैधानिक रुपमा संयुक्त अरब इमिरेट्स (यूएई)मा विदेशी श्रमिकहरुले  डिसेम्बर अन्त्य मुलुक छाडे कुनै पनि जरिवाना नलाग्ने भएको छ ।

मार्च १ भन्दा अघि भिसा समाप्त भएपछि युएईमा गैरकानूनी रूपमा बसोबास गरिरहेका श्रमिकहरुले यस वर्षको अन्त्यसम्म विना जरिवाना देश छोड्नुपर्ने त्यहाँको पहिचान र नागरिकता सम्बन्धी संघीय प्राधिकरणले जनाएको छ ।

यसअघि यूएई सरकारले मार्च १ भन्दा अघि भिसाको म्याद सकिएको विदेशी नागरिकलाई (आज) अर्थात् १७, नोभेम्वरसम्म आममाफीको समय तोकेको थियो । तर अहिले यो अवधि बढाएर डिसेम्बर अन्त्यसम्म पुर्‍याएको हो ।

ओभर स्टेको जरिबाना तथा अन्य कागजातहरु ‘वर्क परमिट’ र ‘इमिरेटस आइडी’ मा लाग्ने फाइन लगायतकाले डिसेम्बर अन्तिम भित्रमा मुलुक छोडेमा उनीहरूलाई सबै जरिवानाबाट छुट दिइने पहिचान र नागरिकता (आईसीए) को संघीय प्राधिकरणका विदेश मामिला तथा बन्दरगाहका महानिर्देशक मेजर जनरल सईद रकन अल रशीदीले बताए ।

यता,एनआरएनए, एनसीसी यूएईका उपाध्यक्ष पासाङ शेर्पाले पनि यूएई सरकारलाई धन्यवाद दिदै मार्च १ भन्दा पहिले भिसा सकिएर अवैधानिक बनेका सबैका लागि यूएई सरकारले १७, नोवेम्बर सम्म तोकेको आम माफी ३१ डिसेम्बरसम्म बढाएको बताए ।

उनले यो थपिएको समयको सदुपयोग गर्न यूएईमा अवैधानिक रुपमा रहेका सम्पूर्ण नेपालीहरुलाई अनुरोध गरेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ४६ बजे

हिरासतमुक्त भएलगत्तै हजुरआमाको निधन, गाउँ फर्किए ककरोचका संस्थापक अभिजीत दिप्के

काठमाडौं– ककरोच जनता पार्टीका संस्थापक अभिजीत दिप्के प्रहरी हिरासतबाट मुक्त

रोहित पौडेलको शतकमा नेपालले क्यानडालाई दियो २३६ रनको चुनौती

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ मा नेपालले क्यानडालाई २३६ रनको

दसैँका लागि ६ स्थानबाट ग्यास वितरण, सिलिन्डर साट्न नपाएको उपभोक्ताको गुनासो 

काठमाडौं– दसैँमा खाना पकाउने एलपी ग्यासको अभाव हुन नदिन काठमाडौं उपत्यकाका

देवी दुर्गाको मूर्ति बनाउन व्यस्त मूर्तिकार

काठमाडौं– ललितपुरको कुपोण्डोलमा मूर्तिकारहरू देवी दुर्गाको मूर्ति बनाउनमा व्यस्त छन्

विश्वकप लिग–२ क्यानडाविरुद्ध रोहित पौडेलले बनाए शतक

काठमाडौँ– आईसीसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत क्यानडाविरुद्धको खेलमा नेपाली ब्याटर