गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न विलम्ब नगरौं: नेता साह « Khabarhub

गौर हत्याकाण्डका दोषीलाई कारबाही गर्न विलम्ब नगरौं: नेता साह


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

रौतहट –नेपाल कम्युनिस्ट पार्टी (नेकपा) प्रदेश २ का अध्यक्ष तथा सांसद प्रभु साहले गौर हत्याकाण्डमा संलग्न दोषीलाई कारबाही गर्न विलम्ब गर्न नहुने बताएका छन् ।

रौतहटको बौधीमाई नगरपालिका-४, इनरवारीमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पूर्वमन्त्री समेत रहेका साहले गौर हत्याकाण्डका दोषीलाई चाँडोभन्दा चाँडो कारबाही गर्नुपर्ने बताएका हुन् ।

उनले राजपुर बम काण्डको पीडितले न्याय पाउने स्थिति रहेको तर गौर हत्याकाण्डमा संलग्न अपराधी खुलेआम घुम्नु दुःखद् रहेको बताए ।

हत्याकाण्डका योजनाकार तथा हत्याराविरुद्ध जाहेरी दर्ता भएको वर्षौं बितिसक्दा पनि पीडित न्यायको पर्खाइमा रहेको भन्दै नेता साहले अपराधीलाई कारबाही गरी रौतहटमाथि लागेको कलंक हटाउन माग गरे ।

घटनाको छानबिनका लागि गठन गरिएको आयोगसमेतले अपराधीहरुको बारेमा स्पष्ट प्रमाण दिइसकेको वर्षौं बितिसकेकोले अब हत्याराहरुलाई जेल हाल्नुको विकल्प नरहेको नेता साहको भनाइ थियो ।

घटनाको १४ वर्ष बिति सक्दा पनि पनि न्यायका लागि गुहार्नुपर्ने र दोषीलाईलाई कारबाही नहुने अवस्था आउनु दुःखद् रहेको उनले बताए ।

२०६३ साल चैत्र ७ गते रौतहटको गौरस्थित राईसमिलमा तत्कालीन नेकपा माओवादीका २७ जना कार्यकर्ताको हत्या गरिएको थियो ।

हाल जसपाका अध्यक्ष रहेका तत्कालीन मधेशी जनअधिकार फोरमका केन्द्रीय अध्यक्ष उपेन्द्र यादवको योजनामा उक्त हत्याकाण्ड भएको भन्दै जिल्ला प्रहरी कार्यालय रौतहटमा जाहेरी दर्ता भएको थियो ।

तर मुद्दा अहिले विचाराधीन अवस्थामा रहेकोले न्यायका लागि पीडितहरु गुहार्दै आएका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : १८ बजे

दशैँको टीका : कतै रौनक, कतै सुनसान

काठमाडौं – आज विजयादशमी । निधारमा रातो टीका र शिरमा

बङ्गलादेशका क्रिकेटर मेहदी हसनले पोखराबाट एनपिएल खेल्ने

काठमाडौं – बङ्गलादेशका अलराउन्डर मेहदी हसनले नेपाल प्रिमियर लिग (एनपिएल)

एनपीएलका सबै खेलले पाए लिस्ट ‘ए’ टी–२० मान्यता

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका सबै

अमेरिका–पुटिन वार्ताबारे विस्तृत जानकारीको प्रतीक्षामा ईयू

ब्रसेल्स – युरोपेली युनियन (ईयू)ले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पका विशेष

ग्रीसमा पनि विद्यार्थी र शिक्षकद्वारा प्रदर्शन

एथेन्स- जीवनयापनको बढ्दो लागत, विद्यार्थीका लागि सस्तो आवासको अभाव र