मोरङको उर्लाबारीमा लागूऔषधसहित ९ पक्राउ « Khabarhub

मोरङको उर्लाबारीमा लागूऔषधसहित ९ पक्राउ


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

विराटनगर– प्रहरीले मोरङको उर्लाबारीबाट लागू औषध बेचबिखन एवं सेवन गरेको आरोपमा एक युवतीसहित ९ जनालाई पक्राउ गरेको छ ।

मोरङ प्रहरीका अनुसार गोप्य सूचनाको आधारमा मंगलबार राति १० बजेर १० मिनेटमा उर्लाबारी–७ स्थित छोमाई तामाङको घरमा उनीहरुलाई ४ ग्राम ७ सय २७ मिलिग्राम ब्राउन सुगर, १ सय ८४ ग्राम २ सय ३० मिलिग्राम गाँजा र पाँच मोटरसाइकलसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेहरुमा उर्लाबारी–७, स्कुलडाँडाका २१ वर्षीय ममता तामांग, बरगाछीका २४ वर्षीय मिलन याक्सो, १९ वर्षीय असिम लिम्बू, उर्लाबारी–९, भोटेपुलको २८ वर्षीय आकाश लिम्बु, रतुवामाई नगरपालिका इटहराका २२ वर्षीय रुपममान केदेम (लिम्बु), २५ वर्षीय मञ्जिल बस्नेत, रतुवामाई–१० सातमेडिका १९ वर्षीय एन्जील मगर, झापा दमक नगरपालिका–७ बजार लाइनका १९ वर्षीय ससिन शेख र दमक–४ सिर्जना टोलका ३० वर्षीय सुमन सुनुवार रहेका छन् ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : २८ बजे

इन्धन सङ्कटले भुटानमा जनजीवन कष्टकर

थिम्फू- पश्चिम एशियामा जारी युद्धको प्रत्यक्ष असर हिमाली राष्ट्र भुटानसम्म

सिंहदरबार चलाउन होइन, बदल्न आएका हौं

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी रास्वपाका सभापति रवि लामिछानेले जनताले आफ्नो पार्टीलाई

शिक्षण अस्पतालको बेडमै लिन थालियो ओलीको बयान

काठमाडौं- गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका

साइकल चढेर संसद् गए रास्वपा सांसद गजुरेल  

काठमाडौं– संसद्‍को पहिलो बैठकमा भाग लिन रास्वपाका सांसद आशिष गजुरेल

संसद्को पहिलो बैठकमै एमालेद्वारा सरकारको विरोध, भन्यो, ‘ओली–लेखकलाई तत्काल रिहा गरियोस्

काठमाडौं- नवनिर्वाचित प्रतिनिधिसभाको पहिलो बैठक बिहीबार दिउँसो सिंहदरबारस्थित नयाँ संसद्