बालुवाटार जग्गा प्रकरणमा मुछिएका इन्जिनियर श्रेष्ठ धरौटीमा छुटे « Khabarhub

बालुवाटार जग्गा प्रकरणमा मुछिएका इन्जिनियर श्रेष्ठ धरौटीमा छुटे


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ईन्जिनियर राजेन्द्रमान श्रेष्ठ धरौटीमा छुटेका छन्।

बुधबार विशेष अदादलका न्यायाधीश प्रेमराज कार्की र चन्द्रबहादुर सारुको संयुक्त इजलासले भवन निर्माण संभार डिभिजन कार्यालयका तत्कालीन ईन्जिनियर श्रेष्ठलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आदेश लगत्तै नगद धरौटी बुझाएर उनी छुटेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता तथा बेचबिखन गर्न संलग्न रहेको आरोपमा गत वर्ष माग २३ गते अख्तियार दुरुपयोगअनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिव सहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

मुद्दामा प्रतिवाद बनाइएका मध्ये अधिकांश विशेष अदालतको आदेशमा धरौटी बुझाएर रिहा भएका छन् ।

केही हाजिर हुने क्रम जारी रहेको प्रवक्ता पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : १५ बजे

नेपालको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा सीमित रहने विश्व बैंकको प्रक्षेपण

काठमाडौं – चालु आर्थिक वर्ष २०८२/८३ मा नेपालको आर्थिक वृद्धिदर

जेन-जी आन्दोलनका सहिद परिवारलाई रोजगारी दिने प्राधिकरणको निर्णय

काठमाडौं – नेपाल विद्युत् प्राधिकरण सञ्चालक समितिको १०२९औँ बैठकले जेनजी

कोशीका मुख्यमन्त्री कार्कीलाई मातृ शोक

विराटनगर- कोशी प्रदेशका मुख्यमन्त्री हिक्मत कुमार कार्कीलाई मातृ शोक परेको

बस र ट्रक ठोक्किँदा १५ जना भारतीय तीर्थयात्री घाइते

म्याग्दी- म्याग्दीको बेनी नगरपालिका–९ जलेश्वरमा आज साँझ बस र ट्रक

संविधान संशोधन बहसपत्र कार्यदलको बैठकमा कसले के भने?

काठमाडौं- संविधान संशोधन बहसपत्र कार्यदलले राजनीतिक दलका प्रतिनिधिसँग छलफल गरेको