बालुवाटार जग्गा प्रकरणमा मुछिएका इन्जिनियर श्रेष्ठ धरौटीमा छुटे « Khabarhub

बालुवाटार जग्गा प्रकरणमा मुछिएका इन्जिनियर श्रेष्ठ धरौटीमा छुटे


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – वालुवाटारको ललिता निवास जग्गा प्रकरणमा मुछिएका ईन्जिनियर राजेन्द्रमान श्रेष्ठ धरौटीमा छुटेका छन्।

बुधबार विशेष अदादलका न्यायाधीश प्रेमराज कार्की र चन्द्रबहादुर सारुको संयुक्त इजलासले भवन निर्माण संभार डिभिजन कार्यालयका तत्कालीन ईन्जिनियर श्रेष्ठलाई पाँच लाख धरौटीमा रिहा गर्न आदेश दिएको हो।

आदेश लगत्तै नगद धरौटी बुझाएर उनी छुटेको विशेष अदालतका प्रवक्ता पुष्पराज पाण्डेले जानकारी दिए।

बालुवाटारमा रहेको सरकारी जग्गा व्यक्तिको नाममा दर्ता तथा बेचबिखन गर्न संलग्न रहेको आरोपमा गत वर्ष माग २३ गते अख्तियार दुरुपयोगअनुसन्धान आयोगले तीन पूर्वमन्त्री र तीन पूर्वसचिव सहित १७५ जना विरुद्ध मुद्दा दायर गरेको थियो।

मुद्दामा प्रतिवाद बनाइएका मध्ये अधिकांश विशेष अदालतको आदेशमा धरौटी बुझाएर रिहा भएका छन् ।

केही हाजिर हुने क्रम जारी रहेको प्रवक्ता पाण्डेले जानकारी दिए।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  १० : १५ बजे

‘पर्वले एकता र मेलमिलापको वातावरण बनाउँछ’

काठमाडौं– नेपाली कांग्रेसका कार्यवाहक सभापति पूर्णबहादुर खड्काले पर्वहरूले सामूहिक भावना

तनहुँमा ५९ हजार कुखुराको बीमा

तनहुँ– तनहुँमा ७१ हजारभन्दा बढी पशुको बीमा गरिएको छ ।

‘पाँडे’ टिमको फिल्ममा बालेनले फेरि गाउलान् गीत ?

काठमाडौं – प्रचार रणनीतिले कन्टेन्टमा दम भएका फिल्मलाई दर्शक सहज

भेडापालक किसानलाई अनुदान

बागलुङ– बागलुङको निसीखोला गाउँपालिकाले भेडापालक किसानलाई प्रविधिसँग जोड्न थालेको छ

वीरगञ्ज हुँदै ४० अर्बका सामान निर्यात

वीरगञ्ज– वीरगञ्ज हुँदै चालु आर्थिक वर्षको पाँच महिनामा ३९ अर्ब