ओलीमाथि ‘प्रचण्ड’ले लगाएका आरोपको जवाफ स‌ंसद र सडकबाट माग्छौँ : नेता थापा « Khabarhub

ओलीमाथि ‘प्रचण्ड’ले लगाएका आरोपको जवाफ स‌ंसद र सडकबाट माग्छौँ : नेता थापा


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका आरोप राष्ट्रिय सरोकारका भएका भन्दै त्यसको हिसाबकिताब संसद् र सडकबाट मागिने बताएका छन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले सरकार सञ्चालनलाई लिएर प्रधानमन्त्रीमाथि लगाएका आरोप उल्लेख गर्दै सांसद थापाले नेकपाको विवाद साम्य भए पनि ती आरोपलाई लिएर हिसाब मागिने बताएका हुन् ।

बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता थापाले नेकपाभित्रको झगडामा दुई वटा पक्ष रहेको बताएका छन्उ । जसमा पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय रहेको उनको भनाइ छ ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोप नौला विषय छैनन् र गलत पनि होइनन्, संसद्, सडक सबैतिरबाट प्रधानमन्त्री ओली विरुद्ध उठ्दै र लाग्दै आएका आरोप हुन् ।’

पार्टी सञ्चालनको सन्दर्भमा रहेका मतभेदका बारेमा नेकपाका नेताहरुले नै छलफल गर्ने विषय भएको थापाले विज्ञप्तिमा उल्लेख गरेका छन ।

सरकार सञ्चालन गर्दा देखिएका अनियमितता, भ्रष्टाचार, अपराध, कुशासनलगायतका विषय सार्वजनिक चासोको विषय भएकोले यसबारेमा प्रधानमन्त्री र नेकपाले उत्तर दिनुपर्ने नेता थापाले बताएका छन्।

‘नेकपाको आन्तरिक शक्ति सङ्घर्ष र कलहबीच विदेशी गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरुले चिनियाँ राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिङ्गो नेकपाले उत्तर दिनुपर्छ ।’

विभिन्न प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरुलाई केवल पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटावको तितो अभिव्यक्तिका रुपमा प्रतिपक्षीले नलिने उनले बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन, ‘फकिने र फकाउने ले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपाभित्रको आन्तरिक विषय रहेनन्, दुई पाइलटको मनमुटाव मात्रको विषय रहेन । अब यो राष्ट्रिय सरोकारको विषय हो, यो हाम्रो विषय हो । अब हाम्रो एक–एक प्रश्नको उत्तर दिन तयार पनि हुनु होला ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : ०७ बजे

सामुदायिक विद्यालयमा पूर्वाधार लगानी : पहिलो चरणमा छानिए ८९ विद्यालय, मधेशलाई प्राथमिकता (सूचीसहित)

काठमाडौँ– शिक्षा तथा खेलकुद मन्त्रालयले दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत

लोकतन्त्रलाई अलोकतान्त्रिक ढङ्गले हुत्त्याउने प्रवृत्तिको अन्त्य हुनुपर्छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकार अलोकतान्त्रिक, असामाजिक

नेपालको अर्थतन्त्र : वैदेशिक सूचक बलियो बन्दा व्यापार घाटा र महँगी भने बढ्यो

काठमाडौं– चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो दुई महिना (भदौसम्म)

भूमि बैंक स्थापना गर्ने स्थानीय तहको संख्या ९ पुग्यो, थप ४ पालिकालाई मन्त्रालयले दियो स्वीकृति

काठमाडौँ– भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले

एमालेको नीति अनुसन्धान प्रतिष्ठानको वेबसाइट सार्वजनिक

काठमाडौं– नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले पार्टीको थिङ्क ट्याङ्का