ओलीमाथि ‘प्रचण्ड’ले लगाएका आरोपको जवाफ स‌ंसद र सडकबाट माग्छौँ : नेता थापा « Khabarhub

ओलीमाथि ‘प्रचण्ड’ले लगाएका आरोपको जवाफ स‌ंसद र सडकबाट माग्छौँ : नेता थापा


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका सांसद गगनकुमार थापाले नेकपा अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले अर्का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीलाई लगाएका आरोप राष्ट्रिय सरोकारका भएका भन्दै त्यसको हिसाबकिताब संसद् र सडकबाट मागिने बताएका छन् ।

कात्तिक २८ गतेको सचिवालय बैठकमा दाहालले सरकार सञ्चालनलाई लिएर प्रधानमन्त्रीमाथि लगाएका आरोप उल्लेख गर्दै सांसद थापाले नेकपाको विवाद साम्य भए पनि ती आरोपलाई लिएर हिसाब मागिने बताएका हुन् ।

बुधबार एक प्रेस विज्ञप्ति निकाल्दै नेता थापाले नेकपाभित्रको झगडामा दुई वटा पक्ष रहेको बताएका छन्उ । जसमा पहिलो नेकपा सञ्चालनको आन्तरिक विषय र दोस्रो नेकपा नेतृत्वको सरकार सञ्चालनको विषय रहेको उनको भनाइ छ ।

उनले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘पुष्पकमल दाहालले खड्गप्रसाद ओलीमाथि लगाएको आरोप नौला विषय छैनन् र गलत पनि होइनन्, संसद्, सडक सबैतिरबाट प्रधानमन्त्री ओली विरुद्ध उठ्दै र लाग्दै आएका आरोप हुन् ।’

पार्टी सञ्चालनको सन्दर्भमा रहेका मतभेदका बारेमा नेकपाका नेताहरुले नै छलफल गर्ने विषय भएको थापाले विज्ञप्तिमा उल्लेख गरेका छन ।

सरकार सञ्चालन गर्दा देखिएका अनियमितता, भ्रष्टाचार, अपराध, कुशासनलगायतका विषय सार्वजनिक चासोको विषय भएकोले यसबारेमा प्रधानमन्त्री र नेकपाले उत्तर दिनुपर्ने नेता थापाले बताएका छन्।

‘नेकपाको आन्तरिक शक्ति सङ्घर्ष र कलहबीच विदेशी गुप्तचर प्रमुखसँग प्रधानमन्त्रीको भेटको विषय अनि नेकपाका नेताहरुले चिनियाँ राजदूतसँग गरेको अस्वाभाविक भेटघाट समेतका बारेमा प्रधानमन्त्री र सिङ्गो नेकपाले उत्तर दिनुपर्छ ।’

विभिन्न प्रकरणमा उठेका र उठाइएका सार्वजनिक र राष्ट्रिय सरोकारका विषयहरुलाई केवल पार्टीभित्रको आन्तरिक शक्ति सङ्घर्षबीच उठेको मनमुटावको तितो अभिव्यक्तिका रुपमा प्रतिपक्षीले नलिने उनले बताएका छन् ।

उनले विज्ञप्तिमा भनेका छन, ‘फकिने र फकाउने ले यो नबिर्सिनुहोला कि अब सबै विषय नेकपाभित्रको आन्तरिक विषय रहेनन्, दुई पाइलटको मनमुटाव मात्रको विषय रहेन । अब यो राष्ट्रिय सरोकारको विषय हो, यो हाम्रो विषय हो । अब हाम्रो एक–एक प्रश्नको उत्तर दिन तयार पनि हुनु होला ।’

यस्तो छ विज्ञप्ति

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ६ : ०७ बजे

प्रतिनिधिसभा निर्वाचन : झापामा सात हजार सुरक्षाकर्मी परिचालन गरिने

झापा– आगामी फागुन २१ गते हुने प्रतिनिधिसभाको निर्वाचनका लागि जिल्लामा

नवलपुरमा घटे महिला मतदाता

नवलपुर– अघिल्लो निर्वाचन (२०७९) मा भन्दा यसपालि नवलपरासी (बर्दघाट–सुस्तापूर्व)मा महिला

असावधानीका कारण आगलागीका घटनामा वृद्धि

काठमाडौं– राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार यही

बाँकेका थारू बस्तीमा माघीको चहलपहल

राँझा– बाँकेका थारू बस्तीमा माघीपर्वको चहलपहल सुरु भएको छ ।

सुरक्षण मुद्रण केन्द्र : दुई महिनामा नौ हजार लाइसेन्स छपाइ

काभ्रेपलाञ्चोक– पनौती नगरपालिका–५ स्थित सुरक्षण मुद्रण केन्द्रमा दुई महिनामा करिब