दाङमा २ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ « Khabarhub

दाङमा २ लाख ६८ हजार नगदसहित ७ जुवाडे पक्राउ


३ मंसिर २०७७, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

घोराही- प्रहरीले दाङको घोराहीबाट २ लाख ६८ हजार नगदसहित ७ जना जुवाडेलाई पक्राउ गरेको छ ।

बुधबार घोराही उप–महागनरपालिका–१६ मुनाटोलका गोपाल भनिने पूर्णराज भण्डारीको घरमा छापा मारेर नगदसहित जुवा खेलिरहेका ७ जनालाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय दाङका एसपी गणेश चन्दले जानकारी दिए ।

पक्राउ पर्नेमा घोराही–१६ बस्ने तेजप्रसाद गिरी, डम्बर डिसी, प्रेमराज भण्डारी र २८ वर्षीय विवेक भण्डारी छन् ।

त्यस्तै घोराही १७ का ३४ बर्षीय किशोर बुढा मगर र २७ बर्षीय अजय भुसाल पनि जुवाको खालबाट पक्राउ परेका छन् ।

भण्डारीको घरमा जुवा खेलिरहेको सुराकीको आधारमा प्रहरीले छापा मारेको थियो ।

प्रकाशित मिति : ३ मंसिर २०७७, बुधबार  ९ : ०२ बजे

इटहरी गोल्डकप : सगरमाथा युथ क्लब फाइनलमा प्रवेश

काठमाडाैँ – राष्ट्रिय जागृति क्लबको आयोजनामा जारी १३औँ अन्तर्राष्ट्रिय आमन्त्रण

दृष्टि पाएपछि वृद्धवृद्धा दङ्ग, चिकित्सकसँगै गीत गाएर नाचे

म्याग्दी- म्याग्दीको बेनीका ८४ वर्षीय दलबहादुर खड्का जीवनमै सबैभन्दा बढी

नेविसंघकै नेताहरुले अध्यक्ष दुजाङ शेर्पाको पुत्ला जलाए

काठमाडौँ- नेपाल विद्यार्थी संघकै नेताहरुले संघका अध्यक्ष दुजाङ शेर्पाको पुत्ला

पूर्वी नवलपरासीमा गैँडाको आक्रमणबाट महिलाको मृत्यु

काठमाडौँ- पूर्वी नवलपरासीको देवचुलीमा गैँडाको आक्रमणबाट एक महिलाको मृत्यु भएको

बालुवाटार बैठक निष्कर्षविहीन

काठमाडौँ- सत्तारुढ गठबन्धनमा आबद्ध दलहरुको बैठक निष्कर्षविहीन भएको छ ।