काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिष्ट पार्टी (नेकपा) भित्रको विवाद उत्कर्षमा पुगिरहेका बेला पूर्वमन्त्री तथा नेकपा नेता गोकुल बाँस्कोटाले ‘ब्याटलग्राउण्ड’ किस्सा अब ‘कोल्डवार’ कथातिर मोडिने बताएका छन् ।
उनले ट्वीट गर्दै अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो भनेर समेत ब्यङ्ग्य गरेका छन् ।
उनले ट्वीटरमा लेखेका छन्- ‘ब्याटलग्राउण्ड किस्सा अब कोल्डवार कथातिर मोडिने छन्, अबका दश दिन कथाकारहरुलाई सास्ती हुने भो।’
आजको सचिवालय बैठकमा प्रधानमन्त्री समेत रहेका अध्यक्ष केपी शर्मा ओलीले आफूमाथि कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले लगाएका आरोपहरुको तथ्यपरक प्रतिवेदन ल्याउने बताएका थिए । उनले आफूलाई प्रतिवेदन लेख्न समय लाग्ने बताएका थिए । सोही अनुरुप सचिवालय बैठक दश दिनका लागि स्थगित गरिएको छ ।
सचिवालय बैठक १० दिनका लागि स्थगित भएपछि नेता बाँस्कोटाले समेत सामाजिक सञ्जालमा यस्तो ब्यंग्य गरेका हुन् ।
प्रतिक्रिया