केराको बोक्राः मोटोपना देखि क्यान्सरको उपचारमा समेत लाभदायी « Khabarhub

केराको बोक्राः मोटोपना देखि क्यान्सरको उपचारमा समेत लाभदायी


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामान्यतयाः केरा खाँदा बोक्रा फाल्ने चलन हुन्छ । तर, त्यही केराको बोक्रा लाभदायक हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

केरा खाएपछि बोक्रा फाल्ने होईन त्यसको उपयोग गर्न सकिन्छ । केराको बोक्रामा ‘भिटामिन ए’ प्रचुर मात्रमा हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।  जसमा ‘लुटेनिन’ नामक एक तत्व हुन्छ, जुन आँखालाई स्वस्थ राख्न मद्दत गर्छ तथा जसमा भरिपूर्ण मात्रामा फाइबर हुन्छ ।

जसले शरीरमा कोलेस्ट्रोल नियन्त्रित गर्नुको साथै वजन कम गर्न पनि मद्दत गर्छ । केराको बोक्राले स्वास्थ्यमा पर्ने प्रभावलाई लिएर जापानी साइन्टिफिक रिसर्चमा यो भनिएको छ कि – पहेँलो रङको केराको बोक्रा क्यान्सर प्रतिरोधी गुणले भरिपूर्ण हुन्छ ।

यसले शरीरमा व्हाइट ब्लड सेल्सको निर्माणमा मद्दत गर्छ । एक अध्ययनको अनुसार, केराको हरियो बोक्रामा ट्रिप्टोफन नामक एमिनो एसिड हुन्छ, जसले राती राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।

केराको बोक्रोमा पाईने सेरोटोनिन तनाव कम गर्नमा तथा डोपामिन मुटुको धड्कनलाई दुरुस्त गर्न तथा किड्नीलाई प्रयाप्त मात्रामा रगत आपूर्ति गर्नका लागि मदत पुर्‍याउँछ ।

केरा एउटा यस्तो फल हो जस्ले मानिसको पौष्टीक तत्वमात्र नभई यसले मानिसलाई स्वास्थ्य रहन मद्धत गर्दछ । यसमा भिटामिन बी ६, बी १२, पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ । विशेषगरी केरा मसल्स र तौल बढाउनको लागि उपयोगी हुन्छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ४३ बजे

आज नवरात्रको चौथो दिन : कुष्माण्डा देवीको आराधना गरिँदै

काठमाडौँ– बडादसैँ अन्तर्गत नवरात्रको चौथो दिन आज दसैँ घर वा

बुधबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आजका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण

बुधबार श्रीकृष्णको पूजा गर्नुहोस्

काठमाडौँ– आज २०८३ साल असोज २८ गते बुधबार सन् २०२६

आज २०८३ साल असोज २८ गते बुधबारको राशिफल

काठमाडौँ– २०८३ साल असोज २८ गते बुधबार सन् २०२६ अक्टोबर

नेपालको पहिचान र अस्तित्व संकटमा : देव गुरुङ

काठमाडौँ- नेपाली कम्युनिस्ट पार्टीका नेता देव गुरुङले नेपालको मौलिक पहिचान