केराको बोक्राः मोटोपना देखि क्यान्सरको उपचारमा समेत लाभदायी « Khabarhub

केराको बोक्राः मोटोपना देखि क्यान्सरको उपचारमा समेत लाभदायी


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – सामान्यतयाः केरा खाँदा बोक्रा फाल्ने चलन हुन्छ । तर, त्यही केराको बोक्रा लाभदायक हुन्छ भन्ने धेरैलाई थाहा नहुन सक्छ ।

केरा खाएपछि बोक्रा फाल्ने होईन त्यसको उपयोग गर्न सकिन्छ । केराको बोक्रामा ‘भिटामिन ए’ प्रचुर मात्रमा हुन्छ । जसले शरीरको रोग प्रतिरोधात्मक क्षमता बढाउँछ ।  जसमा ‘लुटेनिन’ नामक एक तत्व हुन्छ, जुन आँखालाई स्वस्थ राख्न मद्दत गर्छ तथा जसमा भरिपूर्ण मात्रामा फाइबर हुन्छ ।

जसले शरीरमा कोलेस्ट्रोल नियन्त्रित गर्नुको साथै वजन कम गर्न पनि मद्दत गर्छ । केराको बोक्राले स्वास्थ्यमा पर्ने प्रभावलाई लिएर जापानी साइन्टिफिक रिसर्चमा यो भनिएको छ कि – पहेँलो रङको केराको बोक्रा क्यान्सर प्रतिरोधी गुणले भरिपूर्ण हुन्छ ।

यसले शरीरमा व्हाइट ब्लड सेल्सको निर्माणमा मद्दत गर्छ । एक अध्ययनको अनुसार, केराको हरियो बोक्रामा ट्रिप्टोफन नामक एमिनो एसिड हुन्छ, जसले राती राम्रो निन्द्रा ल्याउन मद्दत गर्छ ।

केराको बोक्रोमा पाईने सेरोटोनिन तनाव कम गर्नमा तथा डोपामिन मुटुको धड्कनलाई दुरुस्त गर्न तथा किड्नीलाई प्रयाप्त मात्रामा रगत आपूर्ति गर्नका लागि मदत पुर्‍याउँछ ।

केरा एउटा यस्तो फल हो जस्ले मानिसको पौष्टीक तत्वमात्र नभई यसले मानिसलाई स्वास्थ्य रहन मद्धत गर्दछ । यसमा भिटामिन बी ६, बी १२, पोटाशियम र म्याग्नेशियम जस्ता आवश्यक पोषक तत्व पाईन्छ । विशेषगरी केरा मसल्स र तौल बढाउनको लागि उपयोगी हुन्छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ४३ बजे

बाँके राष्ट्रिय निकुञ्जमा हिउँदे पर्यटनको चहलपहल

बाँके– वर्षायाममा रोकिएको जङ्गल सफारी पुनः सुरु भएसँगै बाँके राष्ट्रिय

वीरगन्ज भन्सारबाट लक्ष्यभन्दा बढी राजस्व सङ्कलन

वीरगञ्ज– वीरगञ्ज भन्सार कार्यालयले पछिल्लो एक महिनामा २६ अर्ब ७२

आज बुधबार, भगवान श्रीकृष्णको पूजा गर्नुहोस्

आज २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६ अक्टोबर

वर्षा र हिमपातको जोखिम, सतर्क रहन आग्रह

काठमाडौँ– बङ्गालको खाडीमा विकसित भइरहेको चक्रवात ‘अरनब’को प्रभावले यही कात्तिक

आज २०८३ साल कात्तिक ११ गते बुधबारको राशिफल

काठमाडौँ – २०८३ साल कात्तिक ११ गते बुधबार सन् २०२६