नेपालसहित ३४ देशको प्रतिबन्ध हटाउँदै कुवेत « Khabarhub

नेपालसहित ३४ देशको प्रतिबन्ध हटाउँदै कुवेत


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

दोहा- कोरोना भाइरसको महामारीले नेपालसहित ३४ देशलाई लगाएको प्रतिबन्ध कुवेतले हटाउने भएको छ ।

कुवेतको नागरिक उड्डयन महानिर्देशालयले कुवेतमा सञ्चालित सवै विमान कम्पनीहरुलाई एक परिपत्र जारी गर्दै प्रतिबन्धित देशहरुको उडान आगामी जनवरी २१ बाट सुरू गर्न अनुरोध  गरेको छ ।

महामारीपछि कुवेतले नेपालसहित भारत, बंगलादेश, श्रीलंका, फिलिपिन्सलगायतका ३४ मुलुकबाट सिधा हवाई उडान सूचारु गर्न सम्बन्धित विमान कम्पनीहरुलाई  अनुरोध गरेको नागरिक उड्डयन महानिर्देशालयलाई उद्धृत गर्दै अरब टाइम्सले जनाएको छ ।

कोरोनाले नेपाल कुवेत सिधा हवाई उडान नहुँदा बिदामा नेपाल गएका हजारौं नेपाली कामदारहरु चर्को मूल्यमा हवाई टिकट खरिद गरी दुबई हुदैँ १४ दिन क्वारेनटाइन बसेर कुवेत प्रवेश गर्दै आएका छन् ।

यसरी कुवेत पुग्दा १ लाख ५० हजारदेखि २ लाखसम्म खर्च हुने गरेको नेपाली कामदारहरुले बताएका छन् ।

कुवेत सरकारको यो निर्णयसंगै कुवेतबाट नेपाल जाने तथा नेपालबाट कुवेत प्रवेश गर्ने नेपाली कामदारहरुलाई ठूलो राहत हुनेछ । कुवेत जानेले कोरोना नेगेटिभ भएको प्रमाणपत्र भने अनिवार्य पेस गर्नु पर्नेछ ।

यसैबीच, त्यहाँका ट्राभल अफिस र होटेल क्षेत्रका व्यक्तिहरुले प्रत्यक्ष उडानलाई अनुमति दिने कदमलाई स्वागत गरेका छन् । उनीहरूले क्वारेन्टाइनको अवधि पनि १४ दिनको सट्टा ७ दिन मात्र राख्न  पनि आग्रह गरेको अरब टाइम्सले उल्लेख गरेको छ ।

यसघि कुवेतले कोरोनाका नेपालसहित ३४ देशलाई सिधा उडानमा प्रतिबन्ध लगाएको थियो । प्रतिबन्ध नलगाएको देशमा १४ दिन क्वारेन्टाइन बसेका कामदारलाई मात्रै प्रवेश अनुमति दिएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ५३ बजे

३६ देखि ५० वर्षसम्मका उम्मेदवारको संख्या धेरै

काठमाडौँ- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

कास्कीमा ४९ जनाको उम्मेदवारी दर्ता

कास्की- आउँदो फागुन २१ गते हुने चुनावका लागि कास्कीको ३

एमालेले भन्यो : झन्डै ५५ प्रतिशत नयाँ उम्मेदवार

काठमाडौं- नेकपा (एमाले)ले प्रतिनिधिसभा निर्वाचनमा ५४.५४ प्रतिशत नयाँ अनुहार अघि

देशभर ३४ सय ८४ उमेदवारको मनोनयन दर्ता, ११८७ स्वतन्त्र

काठमाडौं- प्रतिनिधिसभा सदस्य निर्वाचनका निम्ति मंगलबार देशभर मनोनयन दर्ता गरियो

एमालेले उठायो १६५ क्षेत्रमै उम्मेदवार (सूचीसहित)

काठमाडौँ– नेकपा एमालेले यसपटकको निर्वाचनका लागि १६५ वटै निर्वाचन क्षेत्रमा