साउदीमा १ हजार ४ सय अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसा « Khabarhub

साउदीमा १ हजार ४ सय अवैधानिक नेपाली कामदारलाई बहिर्गमन भिसा


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

दोहा– साउदी सरकारले थप ५८ जना अवैधानिक नेपाली कामदारलाई एक्जिट भिसा (बहिर्गमन भिसा)को अवसर दिएको छ ।

यो प्रकृयाको थालनी भएदेखि साउदी सरकारले हालसम्म १ हजार ४ सय ६ जना नेपालीहरुलाई बहिर्गमन भिसा जारी गरिसकेको साउदीस्थित नेपाली दूतावासले जनाएको छ ।

परिचयपत्र (अकामा( जारी नगरी, नवीकरण नगरी वा कम्पनी छोडी भागेर काम गरिरहेका अवैधानिक कामदारका लागि यस्तो अवसरको व्यवस्था गरिएको दूतावासले जनाएको छ । ​बहिर्गमन भिसा नहुँदा घर फर्कन नपाएका श्रमिकको विवरण लिएर दूतावासले बहिर्गमन भिसाका लागि साउदी सरकारलाई अनुरोध गरेको थियो ।

बहिर्गमन भिसा लागेकाले भने स्वदेश फिर्तीका लागि तयारी गर्न दूतावासले अनुरोध गरेको छ । अझै ठूलो सङ्ख्यामा बहिर्गमन भिसाका लागि निवेदन पारेकोले सोको सूची साउदी सरकारलाई बुझाएको र भिसा लाग्नसाथ नामावली प्रकाशन गरिने दूतावासले जनाएको छ ।

दूतावासले साउदीको श्रम तथा सामाजिक विकास मन्त्रालयले १ महिना भन्दा वढी अवधि अकामा नवीकरण नभए, नयाँको हकमा ४ महिना भन्दा वढी अवधि अकामा जारी नभएको तथा कम्पनी छोडी भागेर कालोसूचीमा परेका तर कुनै पनि मुद्दा मामिला, दण्ड, जरिवाना नपरेका कामदारका लागि बहिर्गमन भिसा जारी गर्ने व्यवस्था मिलाएको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १२ : ०९ बजे

शत्रुलाई ‘झट्का’ दिएको इरानका नयाँ सर्वोच्च नेताको दाबी

तेहरान – इरानका सर्वोच्च नेता मोजतबा खामेनीले शुक्रबार अमेरिका र

ग्यारेजबाट मोटरसाइकल चोरी गर्ने गिरोह पक्राउ

ललितपुर – ललितपुरको महालक्ष्मी नगरपालिका-५ टिकाथलीमा ‘बाइबल हस्पिटल’ नामक मोटरसाइकल

हतुवागढीद्वारा हुरीबतासपीडितलाई सय थान त्रिपाल वितरण

भोजपुर – भोजपुरको हतुवागढी गाउँपालिकाले हुरीबतासबाट प्रभावित परिवारलाई राहतस्वरूप एक

हिमपात र वर्षाले माथिल्लो मुस्ताङमा विद्युत् सेवा अवरुद्ध

मुस्ताङ – माथिल्लो मुस्ताङमा आज दिउँसोदेखि विद्युत् सेवा अवरुद्ध भएको

ट्रम्पले भनेः नाटोमा सहभागी देशहरू कायर छन्

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानसँगको युद्धका विषयमा सहयोग