जोरबिजोर हटेपछि काठमाडौँमा बढ्यो सवारीको चाप (फोटो फिचर) « Khabarhub

जोरबिजोर हटेपछि काठमाडौँमा बढ्यो सवारीको चाप (फोटो फिचर)



काठमाडौँ– कोरोना कहरका बीच सवारी साधनमा काठमाडौँ उपत्यकामा लागू भएको जोरबिजोर प्रणाली आजबाट हटेको छ ।

जोरबिजोर प्रणाली हटेसँगै काठमाडौँका सडकमा सवारीको चाप बढेको छ ।

जिल्ला प्रशासन कार्यालय काठमाडौँमा भएको सरोकारवालाहरुको छलफलले जोरबिजोर प्रणाली हटाउने निर्णय गरेको थियो। प्रशासनले जोरबिजोर हटेको सुचनासमेत सार्वजनिक गरिसकेको छ।

असोज १ गतेदेखि काठमाडौं उपत्यकाभित्र जोर गते जोर र बिजोर गते बिजोर नम्बर प्लेट भएका सवारी चल्दै आएका थिए।

यातायात व्यवसायी र मजदुरका संघ संस्थाका प्रतिनिधि समेतको छलफलपछि उपत्यकाभित्रको जोरबिजोर प्रणाली हटाउने निर्णय भएको काठमाडौंका प्रमुख जिल्ला अधिकारी कालीप्रसाद पराजुलीले जानकारी दिए।

लामो समयको लकडाउन र निषेधाज्ञापछि सवारी साधान सञ्चालनमा आए पनि जोरबिजोर प्रणाली कायम गरिएको थियो। जोरबिजोर प्रणालीले सवारी साधनमा चाप बढ्दै गए पछि खुला गरिने भएको हो।

स्वास्थ्य सुरक्षाका सम्पूर्ण मापदण्ड अनिवार्य रुपमा पालना गर्दै सवारीसाधन सञ्चालन गर्न पाउने गरी जोर विजोर प्रणाली हटाइएको उनले जानकारी दिए।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  १ : ३६ बजे

तिब्बतमा ५.३ रेक्टरको भूकम्प, नेपालको धौलागिरी रेञ्जमा ठूलो धक्का महसुस

काठमाडौं । चीनको तिब्बत क्षेत्रमा बुधबार ५.३ म्याग्निच्युडको भूकम्प गएको

‘बालोन डी ओर’का दाबेदार सार्वजनिक, मेस्सीदेखि यामालसम्म प्रतिस्पर्धामा

काठमाडौं । विश्व फुटबलको प्रतिष्ठित व्यक्तिगत अवार्ड बालोन डी ओर

‘रसुवा बाढीअघि बढेको थियो असाधारण तापक्रम’

यही भदौ १० मा नेपाल र चीनमा घातक बाढी निम्त्याएको

जेन-जी स्मृति सभा : विवादित धर्म गुरुको उपस्थितिको विषयमा सरकारमाथि अमरेशको प्रश्न

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेशकुमार सिंहले