तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन कांग्रेसको माग « Khabarhub

तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन कांग्रेसको माग


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रमुख प्रतिपक्षी नेपाली कांग्रेसले तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको छ ।

संघीय संसद भवन नयाँ बानेश्वरमा शुक्रबार बसेको कांग्रेस संसदीय दल कार्यसमिति बैठकले लामो समयसम्म सदनलाई सरकारले बन्धक बनाएको भन्दै तत्काल संसदको हिउँदे अधिवेशन बोलाउन माग गरेको हो ।

बैठकले सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यायदेश संविधानको व्यवस्था, भावना र मर्म विपरित रहेको भन्दै तत्काल फिर्ता लिन आग्रह गर्ने निर्णय गरेको कांग्रेस संसदीय दलका प्रमुख सचेतक बालकृष्ण खाँडले जानकारी दिए ।

आफ्नो असफलतालाई ढाकछोप गर्न निरंकुश बन्ने र सर्वसत्तावादी सोचलाई अगाडि बढाउन अध्यादेश ल्याएको भन्दै खाँडले संविधानमाथि खेलबाड नगर्न पनि सरकारको ध्यानाकर्षण गराएका छन् ।

प्रमुख सचेतक खाँडले राष्ट्रपतिको प्रमुख दायित्व संविधानको पालना र रक्षा गर्नु भएकाले सरकारले गरेका निर्णयहरु संविधानको प्रतिकुल भए सच्याउन राष्ट्रपतिको भुमिका हुने भएपनि राष्ट्रपतिले त्यो भूमिका निर्वाह गर्न असफल भएको बताए ।

विशेष अधिवेशन आह्वान गर्न कांग्रेसको गणपूरक संख्या नपुग्ने भएकाले अन्य दलको पनि साथ र सहयोगको आवश्यक पर्ने भएकाले अन्य दलसँग छलफल भइरहेको उनले बताए ।

कोरोनाको महामारी व्यवस्थापन गर्न पनि सरकार पूर्णरुपमा असफल भएको कांग्रेसको ठहर छ । त्यस्तै कांग्रेसले उखु किसानको आन्दोलनलाई समर्थन गर्ने भन्दै उखु किसानका मागप्रति सरकार गम्भिर भएर तत्काल भुक्तानी गर्ने व्यवस्था गर्न आग्रह गरेको छ ।

बैठकले मोरङमा भएको शिक्षक हत्याका घटनाको निन्दा गर्ने र हत्यारालाई कानुनी कारबाही गर्न माग गरेको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  २ : ०७ बजे

भोलिदेखि प्रति सिलिण्डर आधा ९५५ मा बिक्री वितरण गरिने

काठमाडौं – नेपाल आयल निगमले ग्यास सिलिण्डरमा ७.१ किलो एलपी

‘पिएम कप’ क्रिकेट गण्डकी प्रदेशस्तरीय छनोट सुरु, कास्कीको विजयी सुरुआत

कास्की – पोखरामा आजदेखि ‘प्रधानमन्त्री कप’ राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताका

मुलुकको राजनीतिक परिवर्तनमा महिलाको योगदान महत्वपूर्ण छः पूर्वराष्ट्रपति भण्डारी

काठमाडौं – पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले नेपालको लोकतान्त्रिक आन्दोलन र राजनीतिक

शंकर पोखरेलको आह्वान : मिडिया ट्रायलको भ्रममा नपर्नुस्

काठमाडौं – नेकपा एमालेका महासचिव शंकर पोखरेलले मिडिया ट्रायल र

रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिना बन्द हुने

गुल्मी – राष्ट्रिय राजमार्गअन्तर्गत गुल्मीको रुद्रवेणी–वामीटक्सार–खर्बाङ सडक एक महिनाका लागि