स्पोट्स अवार्ड – पिपुल्स च्वाईस अवार्डमा गौरीकादेखि मन्डेकाजीसम्म « Khabarhub

स्पोट्स अवार्ड – पिपुल्स च्वाईस अवार्डमा गौरीकादेखि मन्डेकाजीसम्म


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल खेलकुद पत्रकार मञ्च (एनएसजेएफ) ले आयोजना गर्ने पल्सर स्पोट्स अवार्ड २०७६ को पिपुल्स च्वाइस अवार्ड विधामा पाँच खेलाडी मनोनयनमा परेका छन् ।

शुक्रबार राजधानीमा पत्रकार सम्मलेन गरी एनएसजेएफले मनोनित खेलाडीको नाम सार्वजनिक गरेको हो ।

जसमा १३ औं दक्षिण एसियाली खेलकुद (साग) मा उतकृष्ट प्रदर्शन गरेका खेलाडी मनोनयनमा छन् ।

सागमा चारस्वर्णसहित ७ पदक जितेकी गौरिका सिंह, साग रजत पदक विजेता भलिबलकी कप्तान अरुणा शाही, रजत पदक विजेता बास्केटबलकी कप्तान सदीना श्रेष्ठ, रजत पदक नै जीतेकी फुटबलकी सावित्रा भण्डारी (साम्बा) र दुई स्वर्ण पदक हात पारेका करातेका मन्डेकाजी श्रेष्ठ छन् ।

२०७६ को स्पोट्स अवार्डको मनोनयनमा पुरुष खेलाडीभन्दा महिला खेलाडीको व्रचश्व रहेको छ । पाँच जनामध्ये चार जना महिला खेलाडी मनोनित भएका छन् ।

No description available.

यस वर्षको अवार्डमा सागको प्रदर्शनकै आधारमा खेलाडी छनोट भएको आयोजक एनएसजेएmले बताएको छ । अघिल्लो वर्ष पिपुल्स च्वाइस अवार्ड भलिबलकी रेश्मा भण्डारीले जीतेकी थिइन् ।

सागमा नेपालले ५१ स्वर्णसहित २०७ पदक जीतेको थियो । यो नेपालले हासिल गरेको सबैभन्दा राम्रो सफलता हो ।

यस्तै, शुक्रबार ईसेवासँग भोटिङ पार्टनरका रुपमा पनि एनएसजेएफले सम्झौता गरेको छ । जसमा पिपुल्स च्वाइस अवार्डका मनोनित खेलाडीलाई ईसेवामार्फत् भोट गर्न सकिनेछ ।

विश्वभर रहेका नेपाली खेलकुद समर्थकले आफुलाई मन परेको उमेद्वारलाई ईसेवामार्फत् भोट गर्न सक्ने एनएसजेएफका सचिव गोविन्द रेग्मीले बताएका छन् ।

मनोनित खेलाडीको मतभार ५० प्रतिशत ईसेवामार्फत पाएको भोटको आधारमा हुनेछ भने २५ प्रतिशत फेसबुक र बाँकी २५ प्रतिशतमा १२.५ प्रतिशत खेल पत्रकारले गरेको भोटबाट र १२.५ प्रतिशत राष्ट्रिय खेल संघका मुख्य प्रशिक्षकको मतका आधारमा चयन हुनेछ। अवार्ड पुस २८ गते सेमि भर्चुअल माध्यममा हुनेछ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  २ : ५९ बजे

नेकपाको माग : विपक्षी र सर्वसाधारण धम्क्याउने मन्त्रीका गतिविधि रोकियोस्

काठमाडौं– नेपाली कम्युनिस्ट पार्टी(नेकपा)का सांसद रमेश कुमार मल्लले सरकारका केही

जलवायु जोखिम न्यूनीकरणमा विश्वव्यापी सहयोग आवश्यक : प्रधानमन्त्री शाह

मुस्ताङ– प्रधानमन्त्री वालेन्द्र शाहले जलवायु परिवर्तनका कारण सिर्जित जोखिम तथा

दक्षिण कोरियाको निर्यात वृद्धि तीव्र

एजेन्सी– विश्व बजारमा अर्धचालक तथा कम्प्युटर भण्डारण उपकरणको माग निरन्तर

ट्राफिक प्रहरीले धनीलाई बुझायो चोरीका ५० मोटरसाइकल

काठमाडौं– काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयले काठमाडौँ उपत्यकाका विभिन्न स्थानबाट

आईसीयू अन्तर्वार्तामाथि सांसद बास्कोटाको आपत्ति, भनिन्,‘मानिसको जीवनभन्दा ठूलो कन्टेन्ट र भ्यूज हुँदैन’

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद समीक्षा बास्कोटाले छाउनीस्थित वीरेन्द्र सैनिक