प्रकाश ओझाको 'भन्दे' मा मुकुन र पवित्रा (भिडियो) | Khabarhub Khabarhub

प्रकाश ओझाको ‘भन्दे’ मा मुकुन र पवित्रा (भिडियो)


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – ओएसआर डिजिटल प्रालिको निर्माणमा तयार भएको म्युजिक भिडियो ‘भन्दे’ रिलिज गरिएको छ । गायक प्रकाश ओझाको स्वर रहेको उक्त गीत युट्युव च्यानल ओएसआर डिजिटलमार्फत बुधबार सार्वजनिक गरिएको हो ।

लामो समय नेपाली कला क्षेत्रबाट टाढा रहेका गायक ओझा यसै गीतमार्फत नेपाली गीत संगीतको क्षेत्रमा कमब्याक भएका छन् । यसअघि उनले स्वर दिएका ‘भल्काइ दिन्छु बाख्राको खोर पनि’, ‘सोल्टिनी नानी’ लगायत गीत लोकप्रिय भएका थिए ।

सार्वजनिक गीत ‘भन्दे’ मा शब्द र संगीत पनि गायक ओझाकै रहेको छ ।

गीतको भिडियोमा अभिनेता मुकुन भुषाल, रविन्द्र झासँगै अभिनेत्रीहरु पवित्रा आचार्य, छुल्ठिम गुरुङ र प्रिया रिजाललाई देख्न सकिन्छ ।

बसन्त निरौलाले निर्देशन गरेको भिडियोलाई सुदीप बरालले छायांकन गरेका हुन् । यस्तै भिडियोमा सुप्रिम पराजुलीको सम्पादन छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ३ : ४५ बजे

सगरमाथामा क्षेत्रमा जलवायु परिवर्तनका अस्वाभाविक असर देखिँदै

सोलुखुम्बु – विश्वव्यापी तापक्रमको उच्च वृद्धिसँगै सगरमाथासहितका हिमालहरु चपेटामा पर्दै

हावाहुरीका कारण हवाई उडान प्रभावित

काठमाडौंं – सोमबार साँझ चलेको हावाहुरीका कारण त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलबाट

इङ्ल्यान्ड ‘सि’सँग नेपाल पराजित

काठमाडौं – मैत्रीपूर्ण फुटबलमा नेपाल इङ्ल्यान्ड ‘सि’सँँग पराजित भएको छ

मोरङको पाथिभरा माता मन्दिरमा लाखबत्ती प्रज्वलन

मोरङ – पाथिभरा माता मन्दिरमा लाख बत्ती बालेर दिप प्रज्वलन

विज्ञहरु भन्छन्– डढेलो नियन्त्रण गर्न प्रभावकारी समन्वय जरुरी

काठमाडौं – डढेलो नियन्त्रण गर्न सरोकारवाला निकायबीच प्रभावकारी समन्वय र