काठमाडौँ– बक्यौता रकम नपाएको भन्दै प्रदर्शनरत उखु किसानको आन्दोलनमा नेपाली कांग्रेसले ऐक्यबद्धता जनाएको छ ।
काठमाडौँकाे माइतीघर मण्डलामा उखु किसानले गरेको प्रदर्शनमा सहभागी हुँदै कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले उनीहरुको मागमा ऐक्यबद्धता जनाएका छन् ।
शुक्रबार माइतीघरमा आन्दोलनरत किसानहरूलाई भेटेपछि नेता पौडेलले भने, ‘कांग्रेस किसानको पार्टी, मजदुरको साथी हो, हामी हरेक समस्याको समाधानका लागि तपाईंहरूसँग छौँ, मेरो पूर्ण ऐक्यबद्धता छ ।’
उनले उखु किसानका माग तत्काल सम्बोधन गर्नुपर्ने बताए ।
यसअघि कांग्रेस संसदीय दलको कृषि तथा पशुपक्षी मन्त्रालय समन्वय समितिले पैसा नतिर्ने उद्योगीलाई कारबाही माग गरेको थियो ।
बक्यौता रकम चुक्ता गराउनका लागि प्रभावकारी कदम चाल्न र भुक्तानी नगर्ने उद्योगीलाई कारवाहीको दायरामा ल्याउन कांग्रेसले सरकारसँग माग गरेको हो।
प्रतिक्रिया