अध्यादेश फिर्ता नगरिए ‘डटेर लड्ने’ दाहाल-नेपाल पक्षको निष्कर्ष « Khabarhub

अध्यादेश फिर्ता नगरिए ‘डटेर लड्ने’ दाहाल-नेपाल पक्षको निष्कर्ष


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ–  सत्तारुढ नेपाल कम्युनिस्ट पार्टी  (नेकपा)का कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र वरिष्ठ नेता माधवकुमार नेपाल पक्षको भेलाले अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको एकाधिकार र सर्वसत्तावादी प्रवृत्तिविरुद्ध डटेर लड्ने निष्कर्ष निकालेको छ ।

शुक्रबार पेरिस डाँडामा प्रदेश-१ का दाहाल-नेपाल समूह निकट जिल्ला अध्यक्ष र सचिवहरुको भेलालाई सम्बोधन गर्दै अध्यक्ष प्रचण्डले प्रधानमन्त्री ओलीको एकलौटीपन र पछिल्लो परिस्थितिविरूद्ध सबै एकजुट भएर लड्नुपर्ने धारणा राखेका हुन् ।

अध्यादेश फिर्ता नलिए थप कदम चाल्ने निष्कर्ष निकालेको केन्द्रीय कमिटी सदस्य जगन्नाथ खतिवडाले जानकारी दिए ।

उनले पार्टी भित्र देखिएको गलत प्रवृतिहरुका विरुद्धमा कसरी संगठित भएर प्रतिवाद गर्ने भन्ने विषयमा छलफल भएको जानकारी दिए ।

अध्यक्ष दाहालको भनाइ उद्धृत गर्दै उनले भने, “पार्टीलाई सर्वसत्तावादी र एकाधिकारवादी ढंगले सञ्चालन गर्ने रणनीतिविरुद्ध डटेर लाग्ने निष्कर्ष निकालेका छौं ।”

अध्यक्ष प्रचण्ड, नेता नेपाल, वरिष्ठ नेता झलनाथ खनालले बैठकमा राखेको विषयबारे उनले भने, “कसैले पार्टी एकताका सैद्धान्तिक पक्ष कसैले एतिहासिक सन्दर्भ, कसैले आज भइरहेको समस्या र कसैले अब लिनुपर्ने बाटोबारे चर्चा गर्नुभयो । सबैको निष्कर्ष एउटै हो, हामी पार्टी विभाजित हुन दिने छैनौं । गलत प्रवृति हावी भइरहन पनि दिने छैनौं ।”

भेलामा प्रचण्डले आफ्नो प्रतिवेदन विधि र विधानको लागि भएको बताएका थिए । भेलामा प्रदेश १ का १४ जिल्लाका नेकपा इन्चार्ज, अध्यक्ष, सचिव र सो क्षेत्रबाट प्रतिनिधित्व गर्ने केन्द्रीय सदस्यसमेत सहभागी भएका थिए ।

सहभागीहरुले आफूहरु पाँच सचिवालयका तर्फबाट कार्यकारी अध्यक्षले प्रस्तुत गरेको प्रतिवेदनका पक्षमा रहेको बताएको केन्द्रीय सदस्य खतिवडाले जानकारी दिए । आफूहरुले कुनै गुटबन्दी नगरेको दाबी गर्दै उनले विधान उल्लंघन गर्नेले गुटबन्दी गरेको आरोप लगाए ।

संवैधानिक परिषद्सम्बन्धी सरकारले अध्यादेश ल्याएसँगै नेकपा विवादले नयाँ मोड लिएको छ । दुई दिनअघि बसेको नेकपा स्थायी कमिटी बैठकले अध्यादेश फिर्ता लिने निर्णय गरेको थियो ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ५ : ५९ बजे

विगतका कमीकमजोरी सुधार्दै पार्टीलाई बलियो र एकताबद्ध बनाउछौँ : अजयबाबु

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सहमहामन्त्री अजयबाबु शिवाकोटीले विगतका कमीकमजोरीहरूलाई सुधार

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले