प्रदेश १ मा ४३ संक्रमित थपिए, १४३ डिस्चार्ज « Khabarhub

प्रदेश १ मा ४३ संक्रमित थपिए, १४३ डिस्चार्ज


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– प्रदेश नं १ मा  पछिल्लो २४ घण्टामा २१ महिलासहित ४३ कोरोना भाइरस संक्रमित थपिएका छन् भने १४३  जना निको भएका छन ।

डिस्चार्ज हुनेमा होम आइसोलेसनबाट १२०, कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्रबाट १६, विराट मेडिकल कलेजबाट चार, वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानबाट दुई र न्युरो अस्पतालबाट एक जना रहेको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

हालसम्ममा डिस्चार्ज हुनेको सङ्ख्या २४ हजार ३९० पुगेको छ भने कारोना सङ्क्रमितको सङ्ख्या २९ हजार २३० पुगेको छ ।

नयाँ थपिएका सङ्क्रमितमा सुनसरीमा १४, मोरङका १२ मध्ये विराटनगरमा पाँच, झापामा छ, ताप्लेजुङमा दुई, सङ्खुवासभा र खोटाङमा एक-एक तथा प्रदेश बाहिरका सात जना रहेको मन्त्रालयले जनाएको छ ।

हालसम्ममा प्रदेशमा दुई लाख तीन हजार ४२६ जनाको पीसीआर परीक्षण गरिएको सामाजिक विकास मन्त्रालयले जनाएको छ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ७ : ३५ बजे

इजिप्टमा बालबालिकाको सामाजिक सञ्जाल प्रयोगमा प्रतिबन्धको तयारी

कायरो – इजिप्टको संसद्ले युवा किशोरहरूलाई सामाजिक सञ्जालबाट हुने जोखिमबाट

म मधेस बुझ्न आएको हुँः सभापति थापा

सर्लाही – नेपाली कांग्रेसका सभापति गगन थापाले आफू मधेस पढ्न

अस्पतालमा राखिएको शव अर्कैले लिएर अन्त्येष्‍टि गरेपछि…

सिरहा– लहानस्थित प्रादेशिक अस्पतालमा परीक्षणका लागि राखिएको शव लिएर अर्कैले

काठमाडौंबाट सर्लाही ओर्लिएका सभापति थापाले भने, ‘मधेशको गुन तिर्न आएको हुँ’

काठमाडौं- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले मधेशले सिंगो नेपाल, लोकतन्त्र