नेकपाका अध्यक्षद्वयबीच समसामयिक विषयमा छलफल « Khabarhub

नेकपाका अध्यक्षद्वयबीच समसामयिक विषयमा छलफल


३ पुस २०७७, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली र कार्यकारी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ बीच छलफल भएको छ ।

प्रधानमन्त्री ओलीसँग छलफलका लागि अध्यक्ष दाहाल आज साँझ प्रधानमन्त्री निवास बालुवाटार पुगेका थिए ।

अध्यक्ष दाहालका प्रेस संयोजक विष्णु सापकोटाका अनुसार भेटमा समसामयिक विषयमा छलफल भएको थियो ।

पछिल्लो पटक सरकारले ल्याएको संवैधानिक परिषद्सम्बन्धी अध्यादेशको सन्दर्भमा नै नेकपाभित्र बहस जारी छ ।

बुधबार बसेको नेकपा स्थायी कमिटीको बैठकले मङ्गलबार जारी संवैधानिक परिषद्सम्बन्धी अध्यादेश तथा सङ्घीय संसद्को विशेष अधिवेशनको माग राखी पार्टीका सांसदले राष्ट्रपतिसमक्ष दिएको आवेदन दुवै फिर्ता लिने निर्णय गरेको थियो ।

नेकपा स्थायी कमिटीको अर्को बैठक यही पुस ५ गते बस्नेछ । यस्तै केन्द्रीय कमिटीको बैठक पुस १० मा बस्नेछ ।

प्रकाशित मिति : ३ पुस २०७७, शुक्रबार  ९ : ०५ बजे

टीकापुरका वासिन्दालाई बढी पीडा बाढीकै

टीकापुर – कैलालीको टीकापुर नगरपालिका–७ का रामनारायण चौधरी बाढीबाट जोगिन

गर्मी बढेपछि देवघाटका विद्यालय पाँचदिन बन्द

दमौली – अत्याधिक गर्मी बढेपछि तनहुँको देवघाटका विद्यालय सोमबारदेखि पाँच

कटारी अस्पतालमा सर्पदंशको उपचार सुरु

उदयपुर– उदयपुरको कटारी नगरपालिकाले कटारी अस्पतालबाट सर्पदंश उपचार सेवा सुरु

‘सिक्दै अभ्यास गर्दैछौँ तर राष्ट्रियसभा अपरिपक्क छैन’

काठमाडौँ – राष्ट्रियसभा संघीय संसदको माथिल्लो सदन हो । यो

विवाहको पहिलो रातमै हृदयाघातबाट दुलाहा-दुलहीको निधन

बहराइच  – उत्तर प्रदेशको बहराइच जिल्लामा एउटा अचम्मको घटना सार्वजनिक