सोनाम ल्होछारलाई राष्ट्रिय पर्वकै रुपमा विकास गर्नुपर्छः नेता गुरुङ « Khabarhub

सोनाम ल्होछारलाई राष्ट्रिय पर्वकै रुपमा विकास गर्नुपर्छः नेता गुरुङ


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का प्रमुख सचेतक देवप्रसाद गुरुङले तामाङ समुदायको सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नुपर्ने बताएका छन् ।

नेपाल तामाङ घेदुङ चिती एकाइले शनिबार तामाङ जातिको महान राष्ट्रिय सांस्कृतिक पर्व २८५६औँ मुसा वर्ग (जिवा ल्हो) को पूर्वसन्ध्यामा आयोजना गरेको सोनाम ल्होछार उत्सवमा उनले बहुभाषा, बहुधार्मिक, बहुसांस्कृतिक मुलुकको पहिचान जोगाउनुपर्नेमा जोड दिए ।

मुलुकमा रहेका सबै जातजाति समुदायको भाषा, संस्कार संस्कृति तथा पहिचानको संरक्षण गर्न वर्तमान सरकारले योजना बनाएर अघि बढेको उल्लेख गर्दै उनले तामाङ समुदायको ठूलो पर्व सोनाम ल्होछार पर्वलाई राष्ट्रकै पर्वका रुपमा विकास गर्नतर्फ सरकार र तामाङ समुदाय लाग्नुपर्ने धारणा राखेका थिए ।

सो अवसरमा नेपाल तामाङ घेदुङ गण्डकी प्रदेशका अध्यक्ष हरिजङ्ङ तामाङ, नेपाल तामाङ विद्यार्थी घेदुङ सङघीय उपाध्यक्ष जुन तामाङ, नेपाल तामाङ घेदुङ जिल्ला अध्यक्ष अजय तामाङलगायतले अझै पनि तामाङ समुदायको हकअधिकार सुनिश्चिता भइनसकेकाले संविधान संशोधन गरेर पहिचानको रक्षा गर्नुपर्नेमा जोड दिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ६ : ११ बजे

इयूद्वारा पाँच युरोपेली नागरिकमाथि लगाइएको अमेरिकी प्रतिबन्धको विरोध

एजेन्सी – युरोपेली सङ्घले पूर्व युरोपेली आयुक्त थियरी ब्रेटनसहित प्रविधि

थाइल्यान्डले क्लस्टर बम खसालेको कम्बोडियाको दाबी

एजेन्सी – कम्बोडियाले बुधबार थाइ सेनाले बान्टे मिन्चे प्रान्तमा क्लस्टर

खच्चडलाई पानी बोकाएर खानेपानी ट्यांकी निर्माण गरिँदै

अर्घाखाँची– यहाँको सन्धिखर्क नगरपालिका–७ स्थित खाँचीकोट हिल स्टेशनमा खानेपानीको ट्यांकी

रास्वपाले उम्मेदवार छनोट प्रक्रिया अझ व्यवस्थित बनाउने

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीको सचिवालय बैठकले प्रतिनिधि सभा सदस्य निर्वाचनका