मौसममा क्रमिक सुधार, आगामी तीन दिन कहाँ कस्तो रहनेछ ? | Khabarhub Khabarhub

मौसममा क्रमिक सुधार, आगामी तीन दिन कहाँ कस्तो रहनेछ ?


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- जल तथा मौसम पूर्वानुमान महाशाखाले नेपालमा पश्चिमी न्यून चापीय प्रणालीको प्रभाव विस्तारै कम भई मौसममा क्रमिक सुधार हुँदै गएको बताएको छ ।

देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकि भू-भागको मौसम सामान्यतया सफा रहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज उपत्यका तथा तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत लागेको छ ।

आगामी तीन दिनको मौसम पूर्वानुमान

माघ ५ गते (आइतबार)

दिउँसो : देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ | पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

रातिः देशको पूर्वी भू-भाग लगायत मध्य तथा पश्चिमका पहाडी भूभागमा आंशिक बदली रही बाँकी भू-भागको मौसम सामान्यतया सफा रहने छ | पूर्वी भू-भागका एक दुई स्थानमा हल्का वर्षा हुन सक्ने सम्भावना रहेको छ ।

माघ ६ गते (सोमबार)

दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

रातिः पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

माघ ७ गते (मंगलबार)

दिउँसो : पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रही पश्चिमी पहाडी भेगका एक दुई स्थानमा हल्का वर्षा हुने सम्भावना छ ।

रातिः पहाडी भेगमा आंशिक बदली रही बाँकी भेगमा मौसम सामान्यतया सफा रहने छ ।

आगामी २४ घण्टाका लागि चेतावनी तथा परामर्श 
देशका पहाडी भूभागका एक दुई स्थानमा हल्का बर्षा सहित पश्चिमी उच्च हिमाली भेगका एक दुई स्थानहरुमा हल्का हिमपात हुने सम्भावना रहेको साथै उपत्यका लगायत तराईका केही स्थानहरुमा हुस्सु/कुहिरो समेत रहने भएकोले चिसोबाट बच्नु हुन सर्वसाधारण महाशाखाले अनुरोध गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ७ : २३ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका