यी मोडलले करौडौंको औंठी स्वीकारेर प्रेम प्रस्ताव लत्याएपछि… « Khabarhub

यी मोडलले करौडौंको औंठी स्वीकारेर प्रेम प्रस्ताव लत्याएपछि…


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

कोही मानिस तपाईंलाई अत्यधिक मन पर्याे भने तपाई के गर्नुहुन्छ ? पक्कै पनि कुनै न कुनै माध्यमले आफ्नो भावना उनीसँग अभिव्यक्त होस् भन्ने चाहानुहुन्छ होला । जसका लागि तपाईंले कुनै माध्यमको प्रतिक्षा गरिरहनुभएको हुनछ । उनीसँग प्रेम प्रस्ताव कसरी राख्ने भनेर विभिन्न कल्पना समेत गर्नुहुन्छ होला ।

के उपहार दिँदा हुन्छ होला भनेर सोच्नुपनि हुन्छ होला । प्रेम प्रस्ताव राख्दा मन परेको मानिसलाई उपहार दिँनु नौलो कुरा  होइन । तर, हरेक प्रेम प्रस्ताव स्वीकार गरिन्छन् भन्ने पनि हुँदैन । प्रेम प्रस्तावमा दिएको उपहार नलिनु भएको प्रस्ताव अस्वीकार गरेको ठहरिन्छ । तर, एक मोडलले प्रेम प्रस्ताव राख्ने युवाको प्रेम लत्याएर उनले दिएको बहुमुल्य औंठी सहजै स्वीकारिन ।

घटना बेलायतको हो । बेलायतमा एक युवाले मन परेकी एक युवतीलाई प्रेम प्रस्ताव राखे । प्रेम प्रस्ताव राख्दा उनले करौडौं मुल्यको औंठी समेत दिए । युवतीले औंठी लिइन् र उनको प्रेम प्रस्ताव अस्वीकार गरिन् ।

बेलायतको लण्डनकी सामाजिक अभियन्ता एवम् मोडल अमन्डा क्रोनिनलाई एक अपरीचित युवाले प्रेम प्रस्ताव राख्दै करीब साढे ३ करोडको औंठी दिएको बताइएको छ । अमान्डाले औंठी स्वीकार गरिन् तर ती युवकको प्रेम प्रस्ताव लत्याइन् ।

उनीहरु दुबैको पहिलो भेट न्यूयोर्कको एक होटलमा भएको थियो । ती युवाले अमन्डालाई निकै लामो समयबाट नियालिरहेका थिए । उनले आफ्नो नाम बताउँदै मोवाइल नम्बर पनि दिए । नम्बर लिएको दोश्रो दिन अमन्डाले ती युवालाई म्यासेज पठाइन् । जसको लगत्तै अमन्डालाई ती युवाले लगातार प्रेमपूर्ण म्यासेज पठाउन थाले ।

अमन्डालाई ती युवा विवाहित हुन् र उनकी पत्नी पनि छन् भन्ने जानकारी थियो । जसका कारण अमन्डाले सम्बन्ध अघि बढाउन नसकिने भन्दै अब भेट गर्न नसक्ने जवाफ फर्काइन् ।

तर ती युवाले उनलाई पाउन आफू पत्नीसंग समेत सम्बन्ध तोड्न तयार रहेको बताएका थिए । केही समयको अन्तरालमा ती युवाले उनीसँग प्रेम प्रस्ताव राखे । त्यसको केही दिनमा लण्डनमा अमन्डालाई भेट्दै ती युवाले अति मुल्यवान औंठी दिँदै प्रेम प्रस्ताव राखेका थिए । अमान्डाले उपहार भने सहजै स्वीकार गरीनन् । ती युवाले औंठी मात्र स्वीकारे पनि आफू खुशी हुने बताएका थिए । जसका कारणले अमान्डाले औंठी स्वीकार्दै ती युवाको प्रेम प्रस्ताव अस्वीकार गरेकी थिइन ।

ती अपरीचित युवाले अमन्डालाई भ्यान क्लेफ सेभेन र्अप्लेस ब्राण्डको औंठी दिएका थिए । जसको बजार मुल्य करीब साढे ३ करोड रुपैयाँ रहेको बताइन्छ । अमन्डा इंस्टाग्राम मोडलका रुपमा चर्चित छन् । उनलाई प्रेम प्रस्ताव राख्ने ती युवा उत्तर यूरोपका धनाढ्य ब्यक्तिमा गनिन्छन् ।  अमन्डा हाल क्यानाडाका एक व्यक्तिसँग डेटमा छिन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ८ : ५० बजे

विमलेन्द्र भन्छन् : सल्लाहै नगरी गगनले मनोनित गरे, कांग्रेस मिल्ने सम्भावना छैन

काठमाडौं- नेपाली कांग्रेसका नेता बिमलेन्द्र निधिले पार्टीको केन्द्रीय कार्यसमिति सदस्य

कांग्रेसका लागि पुरानो, एमालेका नजरमा खारेजयोग्य र नेकपालाई ठिकै, राप्रपाले भन्यो, पुरानै ‘कपी पेस्ट’

काठमाडौं- वालेन्द्र शाह नेतृत्वको सरकारले आगामी आर्थिक वर्षको लागि ल्याएको

वर्षाले प्रभावित खेलमा स्कटल्यान्डसँग नेपाल दुई रनले पराजित

काठमाडौं- आईसीसी क्रिकेट विश्वकप लिग–२ मा नेपाल स्कटल्यान्डसँग दुई रनले

पश्चिम एसिया शान्तिका लागि चिनियाँ राष्ट्रपतिको चार बुँदे प्रस्तावमा इरानको समर्थन

बेइजिङ- इरानले मध्यपूर्व र खाडी क्षेत्रमा शान्ति तथा स्थायित्व कायम