सूर्य देवको उपासना गर्नाले मिल्नेछ- धन, विद्या र सौभाग्य « Khabarhub

सूर्य देवको उपासना गर्नाले मिल्नेछ- धन, विद्या र सौभाग्य


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

हिन्दु धर्मका देवताहरू मध्य एक हुन्– सूर्य देव । धार्मिक मान्यता अनुसार आइतबार सूर्य देवको प्यारो दिन मानिन्छ । यस दिन सूर्य देवको उपासना गरे लाभ मिल्ने धार्मिक विश्वास गरिन्छ ।

सूर्य देवको विशेष दिन भएकाले धार्मिक मान्यता अनुसार आइतबार विशेष मानिन्छ । मनोकामना पूर्ण गर्न मनुष्यले सूर्यको उपासना गर्नुपर्ने सूर्य पुराणमा उल्लेख छ ।

धार्मिक ग्रन्थका अनुसार सूर्यको उपासना विशिष्ट देवता समान गर्नुपर्दछ । अथर्ववेद र सूर्योपनिषदमा पनि सूर्य देवलाई परब्रह्मा समान मानिएको छ । शास्त्र अनुसार सूर्य देवको वर्ण रक्त समान भएको उल्लेख छ ।

कसरी गर्ने सूर्य देवको उपासना ?

धार्मिक मान्यता अनुसार सूर्यलाई हरेक दिन प्रातकालमा नुहाएपछि अर्घ दिनु पर्दछ । सूर्य देवको उपासना गर्दा पवित्र जल अर्पण गर्नुपर्दछ ।

यसरी उपासना गर्दा सूर्य देव प्रसन्न भई आयु, आरोग्य, धनधान्य, पुत्र, मित्र, तेज, यश, विद्या, वैभव र सौभाग्यका दिने गर्दछन् । सन्ध्याकालमा पनि सूर्य देवलाई पवित्र जलको अर्घ दिन सकिन्छ ।

सूर्यको व्रत बस्नेहरुले हरेक साताको प्रथम दिन अर्थात आइतबार व्रत बस्नु पर्दछ । सूर्यलाई तिल र चामल मिसाएर बनाइएको खिचडी भोग लगाउनु पर्दछ । व्रतको दिन पवित्र भोजन मात्र ग्रहण गर्नुपर्दछ ।

व्रतको दिन नुन खान वर्जित गरिएको छ । व्रतालुले भोजनमा दुध तथा फलफुलको मात्र प्रयोग गर्नु पर्दछ ।

सूर्य देवको उपासना वा सूर्यलाई नमस्कार गर्दा यि १२ मन्त्रको उच्चारण गर्नुपर्दछ ।

ॐ मित्राय नम
ॐ रवये नमः
ॐ सूर्याय नमः
ॐ भानवे नमः
ॐ खगाय नमः
ॐ पुष्णे नमः
ॐ हिरण्यगर्भाय नमः
ॐ मारिचाये नमः
ॐ आदित्याय नमः
ॐ सावित्रे नमः
ॐ अर्काय नमः
ॐ भास्कराय नमः

सूर्य मन्त्र

आ कृष्णेन् रजसा वर्तमानो निवेशयन्न अमृतं मर्त्यं च ।
हिरण्ययेन सविता रथेना देवो याति भुवनानि पश्यन ।।

स्रोतः ऋग्वेदको ३५ अध्याय

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ९ : २४ बजे

बङ्गलादेशको रिसोर्टमा भीषण आगलागी, छ जनाको मृत्यु

ढाका- बङ्गलादेशको दक्षिणपूर्वी क्षेत्रमा पर्ने कक्स बजार जिल्लास्थित एक रिसोर्टमा

साइबर ब्युरोबाट रिहा भएपछि किशोर श्रेष्ठले भने- प्रेस स्वतन्त्रता जिन्दावाद !

काठमाडौं- साइबर ब्युरोबाट छुटेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठले आज

लिग २ मा नेपाल क्यानडासँग २४ रनले पराजित

काठमाडौं- आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ प्रतियोगिताको शनिबार सम्पन्न खेलमा

नागरिकले विश्वास गर्ने राजनीति पार्टी बनाउँछु : सभापति थापा

ललितपुर- नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पार्टीलाई नागरिकको विश्वासको केन्द्रको

साइबर ब्युरोबाट छुटे किशोर श्रेष्ठ

काठमाडौं- शनिबार पक्राउ परेका जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठ केही