सभामुख चयनका लागि ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता « Khabarhub

सभामुख चयनका लागि ओली र प्रचण्डबीच बालुवाटारमा भेटवार्ता


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहाल प्रचण्डबीच आज (आइतबार) छलफल शुरु भएको छ ।

प्रधानमन्त्री निवास बालुवाटारमा जारी छलफलमा सभामुख चयनका विषयमा कुराकानी भइरहेको बालुवाटार स्रोतले जनाएको छ ।

सभामुख चयनका विषयमा सहमति नहुँदा ४ पटकसम्म संसद बैठक स्थगित भएपछि निकास निकाल्न अध्यक्षद्वय छलफलमा जुटेका हुन् ।

यसअघि भएका छलफल सकारात्मक भएको र अब निर्णय लिँदै संसद सञ्चालन गर्ने गरी आजको छलफल हुने बताइएको छ ।

प्रधानमन्त्री ओलीले पूर्व सभामुख सुवास नेम्वाङ र अर्का अध्यक्ष प्रचण्डले स्थायी समिति सदस्य अग्नि सापकोटालाई सभामुख बनाउने अडान लिएका कारण नेकपामा सहमति हुन सकेको छैन् ।

उपसभामुख शिवमाया तुम्बाहाङफेले पनि सभामुखमा दावी गर्दै आएका कारण अब अहिले चर्चामा रहेका नाम वा नयाँ व्यक्ति सभामुख बनाउने भन्ने विषयमा आज छलफल हुने बालुवाटार स्रोतको भनाई छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : १३ बजे

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण

चीनले नेपाललाई राहत सामग्री पठायो, दुई सैन्य विमान काठमाडौँमा अवतरण

काठमाडौँ- रसुवाको भोटेकोशी र त्रिशूली नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित