नेकपा सचिवालय बैठक बस्दै, सहमतिमै सभामुख चयन गर्ने ओली–प्रचण्डबीच सहमति « Khabarhub

नेकपा सचिवालय बैठक बस्दै, सहमतिमै सभामुख चयन गर्ने ओली–प्रचण्डबीच सहमति


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सभामुख चयनका लागि बसेको नेकपाका दुई अध्यक्षबीचको भेटवार्ता सकिएको छ ।

आइतवार विहान करीब साढे २ घन्टा बालुवाटारमा बसेको प्रधानमन्त्रीसमेत रहेका नेकपाका अध्यक्ष केपी ओली र अर्का अध्यक्ष प्रचण्डबीचको भेटवार्ता सकिएको हो ।

दुई नेताबीचको बैठले आजै ४ बजेका लागि सचिवालय बैठक बोलाउने निर्णय भएको नेकपाका महासचिव विष्णु पौडेलले जानकारी दिए ।
‘सभामुख आपसी समझदारीमा चयन गर्ने निर्णय भएको छ, त्यसका लागि ४ बजे सचिवालय बैठक बोलाइएको छ’ महासचिव पौडेलले भने,‘आजै सभामुखबारे टुंगो लाग्नेछ ।’

भोलि संसदको बैठक आह्वान भएका कारण नेकपालाई आजै सभामुख चयन गर्नुपर्ने दवाव रहेको छ ।

प्रधानमन्त्री समेत रहेका पार्टी अध्यक्ष केपी ओलीले सुवास नेम्वाङलाई र अर्का अध्यक्ष प्रचण्डले अग्नी सापकोटालाई सभामुखको रुपमा अघि सारेका छन् भने राष्ट्रपतिले उपसभामुख शिवमाया तुम्बाहाङ्फेमाथि सदासयता देखाएपछि सभामुख बारे निर्णय हुन सकेको थिएन ।

बालुवाटार श्रोतका अनुसार सभामुखमा केपी ओली केही लचक भएका छन् । तर उनले अहिले चर्चामा रहेको भन्दा फरक व्यक्ति चाहेका छन् जसका बारेमा प्रचण्डसँग छलफल भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : १२ बजे

रसुवा बाढी: ७३४ शव फेला, २४ सय बढी अझै सम्पर्कविहीन

काठमाडौँ – रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट क्षति पुगेका

बाढीप्रभावितलाई ‘होल्डिङ सेन्टर’मै राहत सामग्री

नुवाकोट– जिल्ला विपद् व्यवस्थापन समितिले भोटेकोशी बाढीबाट प्रभावितलाई होल्डिङ सेन्टरमै

त्रिशूली ३ ‘ए’ मा छिचोलियो टनेल: अक्सिजन र लाइट पठाइयो, आज मानिस छिर्ने प्वाल बनाइँदै

काठमाडौँ – रसुवा र नुवाकोटको सीमामा रहेको त्रिशूली ३ ‘ए’

बाढीप्रभावित क्षेत्रमा अनुमतिविना ड्रोन उडाउन रोक, अटेर गरे कारबाही हुने

काठमाडौँ – राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले बाढीप्रभावित

कृष्णभीरमा बाटो भासिएपछि पृथ्वी राजमार्ग पूर्ण रूपमा अवरुद्ध

काठमाडौँ — धादिङको बेनीघाट रोराङ गाउँपालिका-७ स्थित कृष्णभीरमा बाढीका कारण