नियमित त्रिफला सेवन गर्दा पुग्छ फाइदै–फाइदा « Khabarhub

नियमित त्रिफला सेवन गर्दा पुग्छ फाइदै–फाइदा


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


63
Shares
  • change font
  • change font
  • change font

स्वस्थ र दीर्घायु जीवनका लागि अमृत समान औषधि हो त्रिफला । त्रिफला भनेको हर्रो एक भाग, बर्रो दुई भाग र अमला तीन भागको मिश्रणमा बनाइएको आयुर्वेदिक औषधि हो ।

यसलाई ताजा पानीमा बिहान शौच गरेपछि खाली पेटमा दैनिक एकपटक लिनु उपयुक्त हुन्छ । यसको नियमित सेवनले सबैप्रकारका रोगबाट मुक्त हुन सकिने आयुर्वेदिक चिकित्साले जनाएको छ । त्रिफलाले विभिन्न रोगहरुबाट बचाउँछ ।

त्रिफलाले ग्याष्ट्रिक, मधुमेह, कफ, पित्त, छाला तथा आँखा सम्बन्धी रोग, मोटोपनना घटाउन, मानसिक तनाव कम गर्न सहयोग पु¥याउँछ ।

यस्तै पाचन शक्ति बढाउने, कब्जियत हटाउने, प्रजनन स्वस्थ्य तथा महिनावारीको समस्या कम गराउने स्वरमा सुधार ल्याउने र रोगप्रतिरोधात्मक क्षमता बढाउन सहयोग पु¥याउँछ । त्रिफलाको नियमित सेवनले शरीरका सम्पूर्ण विकारहरु निकाल्ने काम गर्छ ।

नियमित त्रिफला सेवनको यस्तो छ फाइदा

–त्रिफला सेवन गरेको एकवर्षभित्रमा तपाईमा आलस्याको समस्या हट्छ । तपाईमा भएको कमजोरी तथा थकानलाईटाढा बनाउछ ।

–त्रिफलाको सेवन दुईवर्ष सम्म नियमित गर्दा सबै प्रकारको रोगबाट मुक्ति मिल्छ ।

–तीनवर्षसम्म नियमित त्रिफलाको प्रयोग गर्दा आँखाको ज्योति राम्रो हुन्छ ।

–चार वर्षसम्म नियमित त्रिफला सेवा गर्दा तपाईको शरीरको सुन्दरता बढ्छ ।

–नियमित पाँच वर्षसम्म त्रिफला सेवन गर्दा बौद्धिक विकास हुन्छ ।

–बाह्र वर्षसम्म नियमित त्रिफलाको सेवन गर्नाले शरीरलाई निकै फाइदा पु¥याउँछ ।

–मानिसको शरीर बलियो हुन्छ । यस्तो वर्षौसम्म नियमित त्रिफला प्रयोग गर्दा कपाल कालो हुने, शरीरमा वृद्धता हटाई जवान देखिने हुन्छ ।

त्रिफला सेवन गर्दा यस्तो कुरामा ध्यान दिनुस्

त्रिफला सेवा गर्दा शरीर र स्वास्थ्यका लागि निकै फाइदाजनक छ । तर त्यसको लागि सहि तरिकाले त्रिफलाको सेवन गर्नुपर्छ । त्रिफला खाली पेटमा सेवा गर्नुपर्छ । त्रिफला सेवन गरेपछि एकघण्टा सम्म केही खानु हुँदैन ।

त्रिफला सेवन गर्दा शुरुवातमा पेट सफा गर्ने भएकाले २,४ दिनसम्म दिनमा दुईपटक सम्म पातलो दिसा आउनस सक्छ । यसमा आत्तिनु हुँदैन ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  २ : ५४ बजे

फिफा नियममाथि ट्रम्पको ‘पावर’: अमेरिकी खेलाडीले पाएको रातो कार्ड फुकुवा

काठमाडौँ – फिफा विश्वकपको एउटा स्थापित र अकाट्य नियम छ-

यी भूभागमा मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौँ– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

सोमबारका लागि कुन विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौँ – नेपाल राष्ट्र बैंकले आजका लागि विदेशी मुद्राको विनिमयदर

नर्वेसँगको हारसँगै भावुक बनेका नेयमारले गरे संन्यासको घोषणा

न्युयोर्क – ब्राजिलका स्टार फरवार्ड नेयमारले अन्तर्राष्ट्रिय फुटबलबाट संन्यासको घोषणा

गोल्डेन बुटको रोमाञ्चक भिडन्त : प्रतिस्पर्धामा ७ गोलसहित मेसी, हालान्ड र एम्बाप्पे

काठमाडौँ – जारी फिफा विश्वकप २०२६ मा सर्वाधिक गोलकर्तालाई प्रदान