‘हेरा फेरी ३’ मा फेरि मच्चाउनेछन् सुनिल र परेश र अक्षय कुमारले धमाल | Khabarhub Khabarhub

‘हेरा फेरी ३’ मा फेरि मच्चाउनेछन् सुनिल र परेश र अक्षय कुमारले धमाल


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

मुम्बई – बलिउडको कमेडी ‘हेरा फेरी’ लोकप्रिय फिल्ममध्ये एक हो । अक्षय कुमार, सुनिल सेट्टी र परेश रावलको शीर्ष भूमिका रहेको यो फिल्मलाई दर्शकले खुबै मन पराए ।

फिल्मको तेस्रो भाग बनाउने तयारी भइरहेको छ । लामो समयदेखि चर्चा भए पनि तेस्रो भाग बन्न सकेको छैन । यसअघि दुई भागले भने दर्शकलाई खुबै हँसाएका थिए ।

यसैबीच अभिनेता सुनिल सेट्टीले ‘हेरा फेरी ३’ बन्ने र यो अहिले प्रक्रियामा रहेको बताएका छन् ।

‘यो फिल्म बन्छ, पक्का बन्छ, फिल्ममा हामी तीनकै शीर्ष भूमिका हुनेछ किनकि, हामीलाई पनि चासो छ, केही समस्या थियो तर अब त्यो हटिसकेको छ,’ सुनिलले भने ।

केही समय पहिले यो फिल्ममा अक्षय कुमार नहुने र अक्षयको सट्टामा जोन अब्राहम हुने चर्चा थियो । तर, सुनिलको भनाइअनुसार यो चर्चा पनि गलत साबित भएको छ ।

खबरका अनुसार यो फिल्मलाई प्रियदर्शनले निर्देशन गर्नेछन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १२ : ४० बजे

स्पेनिस ला लिगा : बार्सिलोनाको सहज जित

काठमाडौं– स्पेनिस ला लिगा फुटबलमा बार्सिलोनाले सहज जित निकालेको छ

कस्तो छ आजको मौसम ?

काठमाडौं– जल तथा मौसम विज्ञान विभाग मौसम पूर्वानुमान महाशाखाले हाल

आज २०८१ साल वैशाख १८ गते मंगलबारको राशिफल

काठमाडौं – आज २०८१ साल वैशाख १८ गते मंगलबार तदनुसार

रास्वपाका मिलनको जमानत जफत, कटाउन सकेनन् १० प्रतिशत मत

इलाम – इलाम २ को शनिबार भएको उपनिर्वाचनमा नेकपा (एमाले)

इलाममा सुहाङ नेम्वाङ विजयी

काठमाडौं- इलाम क्षेत्र नम्बर- २ बाट प्रतिनिधिसभा सदस्यमा सुहाङ नेम्वाङ