विमानस्थलका प्रत्यक्षदर्शीले भने- आस्था राउतकै गल्ती थियो « Khabarhub

विमानस्थलका प्रत्यक्षदर्शीले भने- आस्था राउतकै गल्ती थियो


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

गत बुधवार त्रिुभवन विमानस्थलमा गायिका आस्था राउतले आफूमाथि दुर्व्यवहार भएको आरोप लगाउँदै प्रहरी प्रशासनलाई गाली गरेपछि विवाद उत्पन्न भयो । विमानस्थलमा आस्था राउतको चेकिङ भइरहेको सीसीटीभी फुटेज बाहिरियो । सीसीटीभी फुटेजमा कैद भएका एक प्रत्यक्षदर्शीले उक्त भिडियोबारे बोलेका छन् ।

प्रत्यक्षदर्शी सुमन देउजाले सामाजिक सञ्जाल फेसबूकमा एक स्टाटस लेख्दै आस्था राउतकै गल्ती भएको प्रतिक्रिया दिएका छन् । उनले आस्था राउत र महिला प्रहरी रमिता श्रेष्ठबीच विवाद हुँदा आफू त्यहीँ भएको बताएका छन् ।

सीसीटीभी फुटेज सार्वजनिक भएपछि आफ्ना साथीहरुले म्यासेज गरेर सोधेपछि आफूले यसबारेमा बोलेको बताएका छन् । ‘हो, त्यो भिडियोमा भएको मध्ये म पनि एक हुँ,’ उनले स्टाटसमा भनेका छन् ।

‘मैले भन्न सक्छु, त्यहाँ आस्था राउतको गल्ती थियो, महिला प्रहरीले आफ्नो जागीर गरेकी थिइन् र उनले शतप्रतिशत सही गरेकी थिइन्,’ उनले भनेका छन् ।

आस्था सेलिब्रेटी भए पनि नियम मान्नुपर्ने उनले लेखेका छन् । उनले गायिका आस्थाले ओभररियाक्ट गरेको पनि बताएका छिन् । ‘म ती महिला प्रहरीले राम्रोसँग आफ्नो भूमिका निभाएकोमा सम्मान गर्छु,’ उनले भनेका छन् ।

गत बुधवार आस्था राउतले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा चेकिङका क्रममा महिला प्रहरीले अपमानजनक व्यवहार गरेको आरोप लगाएकी थिइन् । उनले सामाजिक सञ्जाल फेसबूकमा लाइभ आएर प्रहरी प्रशासन र ती महिला प्रहरीलाई अपाच्य शब्दसमेत प्रयोग गर्दै गाली गरेकी थिइन् ।

आस्थाले आफू हिंसामा परेको बताएपछि प्रहरीले सीसीटीभी फुटेज लिक गराएको थियो । सामाजिक सञ्जालमा विरोध भएपछि आस्थाले पुन: लाइभ आएर आफू हिंसामा परेको दोहोर्‍याएकी थिइन् ।

प्रहरीले उनीमाथि अभद्र व्यवहारमा जाहेरी दर्ता गराएर आस्थाको खोजी गरेको छ । आस्था सम्पर्कविहीन छिन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १ : ४८ बजे

निर्वाचनको विकल्प छैन : सभापति लामिछाने

नारायणगढ– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले वर्तमान परिस्थितिमा

चिसोले इरान प्रवेश गर्ने क्रममा तीन अफगानी नागरिकको मृत्यु

एजेन्सी– अफगानिस्तानको पश्चिमी प्रान्त हेरातबाट इरान शरण लिन हिँडेका तीन

सामुदायिक रेडियो नै समुदायको आवाज हो : मुख्यमन्त्री बानियाँ

चितवन– बागमती प्रदेशका मुख्यमन्त्री इन्द्रबहादुर बानियाँले सामुदायिक रेडियोहरू समुदाय केन्द्रित

दोस्रो महानगरस्तरीय बडीबिल्डिङ च्याम्पियनसिप जेठ २९ र ३० मा

काठमाडौं– काठमाडौँ महानगरपालिकाको वडा नम्बर २२ को आयोजनामा आउँदो वर्ष