अवार्डका कार्यक्रमहरू चाहिनेभन्दा धेरै भए : नीर शाह « Khabarhub

अवार्डका कार्यक्रमहरू चाहिनेभन्दा धेरै भए : नीर शाह


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – वरिष्ठ कलाकार नीर शाहले नेपाली सिनेमा क्षेत्रमा चाहिनेभन्दा बढी नचाहिने विषयमा बहस भइरहेको बताएका छन् । चलचित्र क्षेत्रमा लामो समय बिताएका शाहले नेपालमा फिल्मभन्दा बढी फिल्मका कार्यक्रम हुने बताएका हुन् ।

चलचित्र क्षेत्रका बारेमा धेरै वर्षदेखि बहस गर्दै आइरहेको बताउँदै उनले नेपालमा पछिल्लो समय अवार्डका कार्यक्रम धेरै भएको बताए ।

‘नेपालमा उदेकलाग्दो कुरा के भयो भने नेपालमा फिल्मभन्दा बढी फिल्मसम्बन्धी कार्यक्रम हुन थाले, अवार्डका कार्यक्रम पनि यति धेरै हुन थाले कि अवार्ड लिन जाने मान्छेलाई समय, मिति स्थान र समारोहलाई नै बिर्सन थाले ।’

उनले चलचित्र क्षेत्रलाई माथि पु¥याउन गरी केही प्राज्ञिक गतिविधिहरु पनि भए पनि धेरै महत्त्व दिनु नपर्ने विषय माथि आइरहेको बताए ।

‘केही कार्यक्रम माग गर्नेभन्दा पनि बढी चासो दिएर महत्त्व दिइएको छ,’ उनले भने, ‘जसरी केही विषयहरु छन्, जो दबिन नपर्ने विषय हुन्, ती विषयले खासै चासो पाएका छैनन् ।’

नेपालमा चलचित्र क्षेत्रका प्राज्ञिक विषयमा पनि बहस हुनुपर्ने उनको धारणा थियो ।

पछिल्लो समय फिल्मसम्बन्धी कार्यक्रम धेरै हुने गरे पनि फिल्म क्षेत्रमा बहस नै ल्याउने गरी कार्यक्रमहरु भने निकै कम हुने गरेका छन् ।

त्यस्ता कार्यक्रममा फिल्मकर्मीको पनि खासै चासो रहने गरेको छैन ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ५३ बजे

बुढीगण्डकी बाढीले गोरखामा अवरुद्ध विद्युत जोड्ने कार्य तीव्र

गोरखा- ऊर्जा जलस्रोत तथा सिँचाइ मन्त्रालयले बुढीगण्डकी तथा यसको सहायक

दाङमा टिप्परको ठक्करबाट बालकको मृत्यु

दाङ – टिपरको ठक्करबाट बालकको मृत्यु भएको छ । घोराही–लमही

चालु आर्थिक वर्षमा साढे ६७ करोडको धान खरिद गरिने

काठमाडौं । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५

बर्दियामा मान्छे मार्ने चितुवा नियन्त्रणमा

बर्दिया – यहाँको राजापुर नगरपालिका-३ तिघ्रामा एक जनाको ज्यान लिएको

भारतमा विरोध प्रदर्शनका लागि तीन नयाँ स्थल तोकिए

नयाँदिल्ली – भारतीय प्रहरीले नयाँदिल्लीस्थित चर्चित विरोध प्रदर्शन स्थल ‘जन्तर