सीसीटीभी क्यामेरामा टेप टाँसेर डिपार्टमेन्टल स्टोरबाट लाखौं रकम चोरी « Khabarhub

सीसीटीभी क्यामेरामा टेप टाँसेर डिपार्टमेन्टल स्टोरबाट लाखौं रकम चोरी


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोंगबुस्थित बिग मार्ट (डिपार्टमेन्टल स्टोर)को सेफ तोडेर रकम चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर काठमाडौंको टोखा–१० बस्ने बिग मार्टकै कर्मचारी बिशाल गुरुङ र उनका साथी बागलुङ घर भइ काठमाडौंको टोखा–८ बस्ने २३ वर्षीय दीपक पुन छन् ।

बिशालले आफ्ना साथी दीपकको मद्दतमा शनिबार राति आफू कार्यरत गोंगबुस्थित बिग मार्टको सेफ तोडेर ५ लाख ३१ हजार रुपैयाँ लुटपाट गरेका थिए ।

‘सीसीटीभी क्यामेरामा टेप टाँसेर पसलको सेफ तोडेर नगद र रिजार्च कार्ड गरी ५ लाख ३१ हजार १ सय रुपैयाँ बराबरको लुटपाट गरेको देखिएको छ,’ महानगरीय प्रहरी प्रभाग गोंगबु (नयाँ बसपार्क)का प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष कुमार दाहालले खबरहबसँग भने ।

इन्सपेक्टर दाहालका अनुसार उनीहरुले ५ लाख ७ हजार रुपैयाँ नगद र २४ हजार १ सय रुपैयाँ बराबरको रिजार्ज कार्ड चोरी गरेका थिए ।

‘शनिबार राति लुटपाट भएको देखिन्छ । आइतबार बिहान पसल खोल्दा सेफ तोडिएको देखेपछि त्यहाँका कर्मचारीहरुले हामीलाई खबर गरेका थिए,’ इन्सपेक्टर दाहालले भने, ‘बिग मार्टमै कार्यरत विशाल तामाङ पछिसम्म पसलमा बसेको देखिएकाले हामीले उनकै कोठामा गएर खोजी ग¥यो । कोठामा खानतलासी गर्दा लुटिएको रकम फेला परेको छ ।’

इन्सपेक्टर दाहालले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ३४ बजे

बागलुङ पहिरोमा बेपत्ता महिलाको शव फेला, मृतकको सङ्ख्या १३ पुग्यो

बागलुङ– बागलुङमा यही असोज ९ देखि ११ गतेसम्म आएको अविरल

वर्षाका कारण हुम्लाका ग्रामीण सडक अवरुद्ध

हुम्ला– हालैको अविरल वर्षापछि आएको बाढीपहिरो र ढुङ्गा खस्दा मुख्य

बाढीपहिरोले क्षति गरेको बेनी–जोमसोम सडक मर्मत सुरु

म्याग्दी– पछिल्लो झरीपछिको बाढीपहिरोका कारण क्षति पुगेको म्याग्दीको सदरमुकाम बेनीदेखि

सङ्घीय संसदका दुवै सदनको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौँ– सङ्घीय संसदका दुवै सदनको बैठक आज बस्दैछ । प्रतिनिधिसभाको

कांग्रेस देउवा पक्षको १५औँ महाधिवेशन प्रक्रिया सुरु, आज वडा अधिवेशन

काठमाडौँ– नेपाली कांग्रेसका पूर्वसभापति शेरबहादुर देउवा पक्षीय कांग्रेसको १५औँ महाधिवेशन