सीसीटीभी क्यामेरामा टेप टाँसेर डिपार्टमेन्टल स्टोरबाट लाखौं रकम चोरी | Khabarhub Khabarhub

सीसीटीभी क्यामेरामा टेप टाँसेर डिपार्टमेन्टल स्टोरबाट लाखौं रकम चोरी


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– काठमाडौंको गोंगबुस्थित बिग मार्ट (डिपार्टमेन्टल स्टोर)को सेफ तोडेर रकम चोरी गर्ने २ जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा स्याङ्जाको वालिङ घर काठमाडौंको टोखा–१० बस्ने बिग मार्टकै कर्मचारी बिशाल गुरुङ र उनका साथी बागलुङ घर भइ काठमाडौंको टोखा–८ बस्ने २३ वर्षीय दीपक पुन छन् ।

बिशालले आफ्ना साथी दीपकको मद्दतमा शनिबार राति आफू कार्यरत गोंगबुस्थित बिग मार्टको सेफ तोडेर ५ लाख ३१ हजार रुपैयाँ लुटपाट गरेका थिए ।

‘सीसीटीभी क्यामेरामा टेप टाँसेर पसलको सेफ तोडेर नगद र रिजार्च कार्ड गरी ५ लाख ३१ हजार १ सय रुपैयाँ बराबरको लुटपाट गरेको देखिएको छ,’ महानगरीय प्रहरी प्रभाग गोंगबु (नयाँ बसपार्क)का प्रमुख प्रहरी निरीक्षक (इन्सपेक्टर) सन्तोष कुमार दाहालले खबरहबसँग भने ।

इन्सपेक्टर दाहालका अनुसार उनीहरुले ५ लाख ७ हजार रुपैयाँ नगद र २४ हजार १ सय रुपैयाँ बराबरको रिजार्ज कार्ड चोरी गरेका थिए ।

‘शनिबार राति लुटपाट भएको देखिन्छ । आइतबार बिहान पसल खोल्दा सेफ तोडिएको देखेपछि त्यहाँका कर्मचारीहरुले हामीलाई खबर गरेका थिए,’ इन्सपेक्टर दाहालले भने, ‘बिग मार्टमै कार्यरत विशाल तामाङ पछिसम्म पसलमा बसेको देखिएकाले हामीले उनकै कोठामा गएर खोजी ग¥यो । कोठामा खानतलासी गर्दा लुटिएको रकम फेला परेको छ ।’

इन्सपेक्टर दाहालले पक्राउ परेका दुवै जनामाथि थप अनुसन्धान भइरहेको जानकारी दिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ३४ बजे

चार वर्षपछि हट्यो फिफाको आर्थिक बन्देज, एन्फा नेतृत्व सफल भएको दाबी

काठमाडौं– आर्थिक अपारदर्शिता र भ्रष्टचारको आरोपमा चार वर्षदेखि विश्व फुटबल

म्यान्मामा गुम्बालक्षित हवाई आक्रमण, २२ जना सर्वसाधारणको मृत्यु

एजेनसी – म्यान्माको सागाइङ क्षेत्रको लीन ता लु गाउँस्थित एक

कसरी बन्यो तपाईँको थर ?

काठमाडौँ – थर अर्थात् वंशानुगत उपपद, मूल कुल परम्पराबाट सन्तान

प्रधानमन्त्री ओलीद्वारा इलामको माई नगर अस्पताल उद्‌घाटन

फिक्कल– प्रधानमन्त्री केपी शर्मा ओलीले शनिबार इलामको माई नगरपालिकामा निर्मित

चन्द्रागिरिका तीन वडा पहिरोको उच्च जोखिममा

कीर्तिपुर– वर्षा लागेसँगै चन्द्रागिरि नगरपालिकाका दर्जनौँ स्थान पहिराको जोखिममा परेका