एक वर्षपछि नेप्सेमा २ अर्ब बढीको कारोबार « Khabarhub

एक वर्षपछि नेप्सेमा २ अर्ब बढीको कारोबार


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–साताको पहिलो दिन आइतबारको बजारमा दुई अर्ब ९ करोड रुपैयाँ बराबरको सेयर कारोबार भएको छ ।

जुन एक वर्ष यताकै अधिकतम कारोबार हो । यस अघि १४ फेब्रुअरी २०१९ मा २ अर्ब १६ करोड रुपैयाँको सेयर कारोबार भएको थियो । त्यसयता २ अर्ब बढीको कारोबार भएको आजै पहिलो पटक हो । नेप्सेमा २ अर्बको कारोबार एकदमै कम भएको छ । जुन आज दोश्रो पटक हो ।

बजारमा कारोबार सँगै नेप्से परिसूचकमा पनि उछाल आएको छ । आईतबारको परिसूचक ३३.४३ अंकले बढेर १३४३.६५ अंकमा पुगेको छ । जुन गत बिहीबारको तुलनामा २.५५ प्रतिशतले बढी हो ।

आइतबार कूल १७८ कम्पनीको ६१ लाख ३१ हजार ४१८ कित्ता सेयर किनबेच भएको छ । जसमध्ये सबैभन्दा बढी हिमालयन डिष्टिलरीको १२ करोड १५ लाख रुपैयाँ बराबरको सेयर किनबेच भएको छ । त्यस्तै, शिवम् सिमेन्टको १० करोड रुपैयाँ बढीको सेयर कारोबार भएको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ३ : ३८ बजे

दाङमा विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध

दाङ–  विषादी बिक्री वितरण, भण्डारण वा जथाभाबी व्यवसाय गर्न निषेध गरिएको

सिंहदरबारमा ह्वीलचियर र सहयोगी सेवा सुरु

काठमाडौं– सिंहदरबारभित्रका सरकारी कार्यालयमा शारीरिक रूपमा अशक्त, ज्येष्ठ नागरिक तथा

चक्कु प्रहारबाट रौतहटमा एकको मृत्यु

रौतहट– रौतहटको ईशनाथ नगरपालिका–३ औरैयामा जग्गासम्बन्धी विवादमा भएको चक्कु प्रहारबाट वुटन

राजेन्द्र राईको अभिव्यक्तिले अवरुद्ध संसद् सुचारु

काठमाडौं– प्रतिनिधिसभाको केहीबेरका लागि स्थगित भएको बैठक सुरु भएको छ । 

हर्मुज आक्रमणले फेरि चर्कियो मध्यपूर्व तनाव

एजेन्सी– स्ट्रेट अफ हर्मुजमा तीनवटा व्यापारिक जहाजमाथि भएको आक्रमणपछि संयुक्त