झिल्टुङ क्रस कन्ट्री दौड माघ अन्तिम साता हुने « Khabarhub

झिल्टुङ क्रस कन्ट्री दौड माघ अन्तिम साता हुने


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– झिल्टुङ क्रस कन्ट्री दौड माघ अन्तिम साता नुवाकोटमा आयोजना हुने भएको छ ।

आयोजक बेलकोटगढी नगरपालिका वडा नम्बर पाँचले आइतबार पत्रकार सम्मेलन गर्दै चौंथो संस्करणको प्रतियोगितामा माघ २५ गते कोल्पुटारमा आयोजना हुने जानकारी दिएको हो ।

नेपाल एथलेटिक्स एसोसियसनको प्राविधिक सहयोगमा हुने क्रस कन्ट्री दौड १३ दशमलब ४ किमिको हुनेछ भने मनोरञ्जनका लागि खेल ४=५ किमिको हुनेछ ।

प्रतियोगिताको क्रस कन्ट्री दौडको पुरुष र महिलातर्फको विजेताले १५ हजार, दोस्रोले १० र तेस्रो हुनले ५ हजार पाउने छन् । प्रतिस्पर्धामा अघिल्लो विजेताको दौड समयको रेकर्ड भङ्ग गर्नेलाई थप पाँच हजार उपलब्ध गराइने छ ।

छात्र र छात्रातर्फ क्रस कन्ट्री दौड विजेताले ५ हजार, दोस्रोले ३ हजार र तेस्रोले २ हजार पाउने छन् ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  ९ : ०० बजे

कांग्रेस महाधिवेशनमा ७ हजार ११४ मतदाता (नामावलीसहित)

काठमाडौँ– नेपाली कांग्रेसको १५औँ महाधिवेशन काठमाडौँको खुलामञ्चमा जारी रहेको छ

अर्थमन्त्री वाग्ले र विश्व बैंक समूहका अध्यक्ष बाङ्गाबीच भेटवार्ता

काठमाडौँ– अर्थमन्त्री डा. स्वर्णिम वाग्ले र विश्व बैंक समूहका अध्यक्ष

बिपीको विचार र १५औँ महाधिवेशन : कांग्रेस नेतृत्वको फेरबदलमाथि जगत नेपालको विश्लेषण

काठमाडौँ – आइतबारदेखि नेपाली कांग्रेसको १५ औँ महाधिवेशन सुरु भएको

यूईएफए नेसन्स लिग : बेल्जियममाथि फ्रान्सको सानदार जित

काठमाडौँ– यूईएफए नेसन्स लिगमा बेल्जियममाथि फ्रान्सले सानदर जित निकालेको छ

कांग्रेस महाधिवेशन : आज उम्मेदवारको मनोनयन दर्ता

काठमाडौँ– काठमाडौँको खुलामञ्चमा जारी नेपाली कांग्रेसको १५औँ महाधिवेशन अन्तर्गत आज