चोरीका चार वटा मोटरसाइकल बरामद « Khabarhub

चोरीका चार वटा मोटरसाइकल बरामद


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नवलपुर- दुर्घटना न्यूनीकरण अभियानस्वरूप जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरले शुरु गरेको सवारीसाधन जाँचका क्रममा चार वटा चोरीका मोटरसाइकल बरामद भएका छन् ।

जिल्लाको भित्री सडकखण्डमा प्रहरीले जाँचलाई तीव्रता दिएसँगै एकै दिनमा चार वटा मोटरसाइकल बरामद भएका हुन् ।

जिल्ला ट्राफिक प्रहरी कार्यालय नवलपुरका प्रमुख प्रहरी निरीक्षक मुनेन्द्र थापाकाअनुसार जिल्लाको भित्री सडकमा चोरीका मोटरसाइकल बढी गुड्न थालेका छन् ।

“भारतीय सीमावर्ती बजार नजिकै भएकाले यहाँ चोरीका मोटरसाइकल बढी गुड्ने गरेका छन्”, थापाले भने, “दुर्घटनामा चोरीका मोटरसाइकल प्रयोग भएको अनुसन्धानमा पाइएपछि त्यस्ता सवारीसाधन नियन्त्रणको रणनीति लिएका हौँ ।”

गण्डकी प्रदेशमै सबैभन्दा बढी दुर्घटना हुने नवलपुरमा दुर्घटना न्यूनीकरणका लागि ट्राफिक प्रहरीले शुरु गरेको अभियानका क्रममा चार वटा चोरीको मोटरसाइकल बरामद गरिएको थापाले बताए ।

“हामीले जिल्लाको भित्री सडकमा सवारीसाधन जाँचलाई कडाइ गर्न थालेका छौँ”, थापाले भने, “हाम्रो जाँचका क्रममा एकै दिन चार वटा चोरीको मोटरसाइकल नियन्त्रणमा लिन सफल भयौँ ।”

ट्राफिक प्रहरीले सवारीसाधन जाँच गरेको थाहा पाएपछि चालकले मोटरसाइकल छोडेर भाग्ने गरेको थापाले बताए ।

नवलपुर ट्राफिक प्रहरीले बा ९८ प ८५४३ नम्बरको एनएस २०० पल्सर, अन टेस्ट लेखिएको केटिएम डुक, से ७ प ८२५७ नम्बरको २०० सिसीको कालो पल्सर र लु४२प ९७७० नम्बरको एनएस २०० पल्सर एकै दिनमा बरामद गर्न सफल भएको थापाले बताए ।

त्यस्तै, सवारीसाधन जाँचका क्रममा मादकपदार्थ सेवन गरी सवारीसाधन चलाउने, सवारी चालक अनुमतिपत्र विना र हेल्मेट नलगाई मोटरसाइकल चाउने व्यक्तिहरु धेरै भेटिएको थापाले बताए ।

हेल्मेट र सवारीसाधन अनुमतिपत्र नभएका व्यक्तिको मोटरसाइकल नियन्त्रणमा लिएर जरिवाना गरेपछि उनीहरुको अभिभावकलाई सवारीसाधन बुझाउने गरेको थापाले जानकारी दिए ।

करिब ७० किलोमिटर राजमार्ग भएको नवलपुरमा गण्डकी प्रदेशकै सबैभन्दा बढी दुर्घटना हुने गरेको छ ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ०१ बजे

‘के वान क्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि जितेर हिमालय चितुवाद्वारा विश्व कीर्तिमान

काठमाडौं– बक्सर अविरल घिमिरेले ‘केवानक्रस १८८ किक बक्सिङ च्याम्यियनसिप’को उपाधि चुम्न

शासकीय सुधारका योजना कार्यान्वयनका लागि कानुनमन्त्रीले थालिन् छलफल

काठमाडौं- बालेन्द्र शाह नेतृत्वको सरकारले गत शुक्रबारको पहिलो मन्त्रिपरिषद् बैठकबाट

नेकपा संसदीय दलको नेतामा चयन भए प्रचण्ड

काठमाडौं- संयोजक पुष्पकमल दाहाल प्रचण्ड नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय

इजरायलविरुद्ध यमनका हुथी विद्रोहीको क्षेप्यास्त्र आक्रमण, व्यापारमा चिन्ता

साना- पश्चिम एशियामा जारी तनावबीच यमनका हुथी विद्रोहीले इजरायलमाथि क्षेप्यास्त्र

ड्रोन भ्यू : नगन्य मात्रै देखिए सडकमा एमाले कार्यकर्ता (तस्बिरहरू)

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई शनिबार पक्राउ गरिएपछि