लुम्बिनीको विकासका लागि सरकारले ‘एक्सन’ लिन्छः  मन्त्री भट्टराई « Khabarhub

लुम्बिनीको विकासका लागि सरकारले ‘एक्सन’ लिन्छः  मन्त्री भट्टराई


५ माघ २०७६, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेशकुमार भट्टराईले लुम्बिनीको विकासका लागि अब सरकार ‘एक्सन’मा जाने बताएका छन् ।

कोषको विकासका लागि यसअघि धेरै छलफल भएको उल्लेख गर्दै मन्त्री भट्टराईले आजसम्म भएका छलफलमा आएका सुझाव र बनाइएका योजनालाई केन्द्रमा राखेर मन्त्रालयले तत्काल काम शुरु गर्ने बताए ।

लुम्बिनी विकास कोषको आयोजनामा आज मन्त्रालयमा भएको ‘बृहत्तर लुम्बिनी क्षेत्रको योजना तथा विश्व शान्ति नगरको कार्यान्वयन’ विषयक कार्यक्रममा मन्त्री भट्टराईले लुम्बिनी विश्वमा नेपाललाई चिनाउने अग्रणी सम्पदा रहेको भन्दै यसको विकास सरकारको प्राथमिकतामा रहेको बताए ।

मन्त्री भट्टराईले मायादेवी, रामग्राम, तिलौराकोट र लुम्बिनीलाई समेटेर बृहत्तर लुम्बिनीका रूपमा विकास गरिने बताए ।  लुम्बिनीको विकासका निम्ति अब प्रदेश सरकार, स्थानीय सरकार र सरोकारवाला निकाय सबैसँग छलफल गरिने उनको भनाइ थियो । मन्त्री भट्टराईले बृहत्तर लुम्बिनीको विकास गर्दा बहुसांस्कृतिक पक्षलाई ध्यानमा राखेर काम गरिने पनि बताए ।

पर्यटन मन्त्रालयका सचिव केदारबहादुर अधिकारीले लुम्बिनीको विकासका निम्ति विज्ञ, सरोकारवाला निकाय सबैसँग समन्वय गरिने बताउनुभयो । लुम्बिनी विकास कोषका उपाध्यक्ष अवधेशकुमार त्रिपाठी, योजनाविद् डा महेन्द्र सुब्बा र इञ्जिनीयरिङ संस्थान पुल्चोकका सहप्राध्यापक डा सञ्जय उप्रेतीले बृहत्तर लुम्बिनीको विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए ।

प्रधानमन्त्री कार्यालयका सचिव नारायणप्रसाद विडारी, राष्ट्रिय योजना आयोगका सदस्य डा रामकुमार फुयाल, पुनःनिर्माण प्राधिकरणका प्रमुख कार्यकारी सुशील ज्ञवाली, विश्व वन्यजन्तु कोषका राष्ट्रिय निर्देशक डा घनश्याम गुरुङ, लुम्बिनी बौद्ध विश्वविद्यालयका कुलपति प्राध्यापक डा हृदयरत्न राज्य ब्रजाचार्य, वरिष्ठ पर्यटन व्यवसायी कर्ण शाक्य, अम्बिका श्रेष्ठलगायतले सुझाव दिएका थिए ।

प्रकाशित मिति : ५ माघ २०७६, आइतबार  १० : ३० बजे

नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक छ : अर्थमन्त्री खनाल

काठमाडौं – अर्थमन्त्री रामेश्वर खनालले नेपाल–भारतबीचको सम्बन्ध बलियो र ऐतिहासिक

एमालेमा सक्षम नेतृत्व चयन भएको शंकर पोखरेलका १० बुँदे दाबी

दाङ- नेकपा(एमाले)का महासचिव शंकर पोखरेलले एमालेमा सक्षम नेतृत्व चयन भएको

मधेसका मुख्यमन्त्री कृष्णप्रसाद यादवले पाए विश्वासको मत

जनकपुरधाम – मधेस प्रदेश सरकारका मुख्यमन्त्री कृष्णप्रसाद यादवले विश्वासको मत

खिया लागेको अवस्थामा काँसघारीमा भेटिए लुटिएका हतियार

झापा- झापाको दमक नगरपालिका–१ बुद्ध टोलस्थित रतुवा खोलाको किनारमा रहेको

मधेशमा सभामुख छान्ने यस्तो छ निर्वाचन कार्यतालिका

काठमाडौं- मधेस प्रदेशसभामा रिक्त सभामुख पदका लागि पुस ६ गते