भारतको टेलिकम क्षेत्र संकटमा, बन्द हुने अवस्थामा भोडाफोन « Khabarhub

भारतको टेलिकम क्षेत्र संकटमा, बन्द हुने अवस्थामा भोडाफोन


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – भारतको टेलिकम क्षेत्र धरासयी बन्दै गएको छ ।

टेलिकम बजारका लागि विश्वमै ठूलो र प्रसिद्ध मानिने भारत अहिले भने संकटबाट गुज्रिरहेको छ ।

टेलिकम कम्पनीहरुले भारत सरकारलाई १३ अर्व डलर बरावरको रकम तिर्नु पर्ने समेत अदालतले आदेश दिएको छ । यसका लागि भारतको सर्बोच्च अदालते १७ मार्च सम्मको म्याद दिएको छ ।

अदालतले टेलिकम कम्पनीहरुलाई सरकारलाई तिर्नुपर्ने रकम अदालतले दिएको समयमा नर्तिदा अदालतको अवहेलना मुद्धा लगाउन सक्ने पनि जनाएको छ ।

टेलिकम कम्पनी भोडाफोन अदालतको यो फैसालापछि अझ बढि अप्ठ्यारो परेको छ । भारतीय टेलिकम कम्पनी भोडाफोन आइडियाको आग्रहलाई भारतीय सर्वोच अदालतले खारेज गरिदिएको छ ।

घाटाका कारण सरकारले तोकेको हजारौं करोड रुपैयाँ तिर्न नसक्ने जनाउँदै आएको भोडाफोनले सोमवार सम्ममा २५ सय करोड भारु तिर्ने प्रस्ताव गरेको थियो । यो प्रस्ताव पनि खारेज भएको छ ।

भोडाफोनले गत हप्ता सार्वजनिक गरेको विवरणमा ६ हजार ४५३ करोड भारुको त्रैमासिक घाटा भएको जनाएको थियो । सरकार वा अदालतबाट सहयोग प्राप्त नभएमा आफ्नो कारोवार बन्द गर्ने भोडाफोनले यसअघि नै घोषणा गरेको छ ।

बेलायती कम्पनी भोडाफोन भारतीय बजारको एकताकाको सबैभन्दा ठूलो र पूरानो कम्पनी हो । कम्पनीको भारतमा ३० करोड भन्दा बढि उपभोक्ताहरु रहेका छन् भने हजारौंले रोजगारी समेत पाउँदै आएका छन् ।

भारतमा एयरटेलको अवस्था पनि उत्ति राम्रो रहेको छैन । कम्पनीलाई पनि गएको त्रैमासिकमा ३ अर्व डलरको नोक्सान भएको थियो । नोक्सानका बाबजुद कम्पनीले भारत सरकारलाई करिव ५ अर्व डलर तिर्नुपर्नेछ ।

भारतीय टेलिकम क्षेत्रमा तीन वर्ष पहिले मात्रै प्रवेश गरेको जियोले प्रवेश लगत्तै इन्टरनेटको दरमा निकै कम गरिदिएको थियो ।जसले भारतको पुरा डाटा मार्केटमा नयाँ तहल्का मच्चाएको थियो ।

यसै कारण भारत विश्वको सबैभन्दा सस्तो दरमा मोबाइल इन्टरनेट उपलब्ध गराउने राष्ट्रको रुपमा दरिएको थियो । तर जियोको यस कदमले अन्य कम्पनी भोडाफोन र एयरटेलको आम्दानीमा भने निकै ठूलो असर परेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ७ : १३ बजे

३,१५६ पाउन्डको फर्सीले विश्व कीर्तिमान बनाउने सम्भावना

हाफ मुन बे (क्यालिफोर्निया)- अमेरिकाको रोड आइल्यान्डमा उत्पादित तीन हजार

‘स्टारी नाइट’ को आकाश जुलाई १८८९ को हुन सक्ने

केप क्यानभेरल (फ्लोरिडा)- विश्वप्रसिद्ध चित्रकार भिन्सेन्ट भ्यान गगको चित्र ‘द

स्याङ्जामा सडकबाट स्कुटर खस्दा चालकको मृत्यु

वालिङ (स्याङ्जा)- स्याङ्जाको बिरुवा गाउँपालिका–३ ठाँटीमा स्कुटर सडकबाट खसेर दुर्घटना

हानि–नोक्सानी कोषको निर्णय कार्यान्वयनका लागि नेपालले प्रस्ताव पेस गर्ने

काठमाडौँ- संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी प्रारुप महासन्धिअन्तर्गतको ‘हानि–नोक्सानी सम्बोधन कोष’ले

एक हप्तादेखि बन्द बेनी–दरवाङ सडक सञ्चालन

म्याग्दी- म्याग्दीको पश्चिमी भेगका तीन वटा स्थानीय तहलाई जिल्ला सदरमुकाम