सुर्खेतमा ‘अर्धनारेश्वर’को ५१ फिट अग्लो मूर्ति स्थापना गरिँदै « Khabarhub

सुर्खेतमा ‘अर्धनारेश्वर’को ५१ फिट अग्लो मूर्ति स्थापना गरिँदै


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

सुर्खेत –वीरेन्द्रनगर नगरपालिका–९ लाटीकोइलीस्थित ऐतिहासिक शिव मन्दिर परिसरमा ५१ फिट अग्लो ‘अर्धनारेश्वर’को मूर्ति स्थापना हुने भएको छ।

मन्दिर व्यवस्थापन समितिले एउटै ढुङ्गाबाट शिव र पार्वतीको आधा–आधा शरीर जोडिएर बनेको ‘अर्धनारेश्वर’ मूर्ति नेपालमै पहिलोपटक स्थापना गर्न लागेको हो।

प्राप्त शिलालेखअनुसार साके संवत् १५०४ शिव मन्दिर स्थापना उल्लेख छ । व्यवस्थापन समितिका अध्यक्ष विद्याभूषण मानन्धरले मूर्ति स्थापनाका लागि रु २६ लाख खर्च हुने र यसले लाटीकोइली क्षेत्रको पर्यटन प्रवद्र्धनमा टेवा पुग्ने बताए ।

मन्दिर व्यवस्थापनका लागि गत साउनमा लगाइएको शिवपुराण महायज्ञबाट सङ्कलित रु एक करोड सात लाख २९ हजार ९०० आम्दानीबाट मूर्ति स्थापना गर्न लागिएको हो।

उक्त बजेटमध्ये रु ८० लाख बैंक बचत गर्नुका साथै बाँकी रकम मूर्ति स्थापनाकार्यमा खर्च गर्ने मन्दिर व्यवस्थापन समितिको तयारी छ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ८ : ३५ बजे

दसैँका लागि कलंकीमा खसीबोका किनबेच सुरु, बजारमा चहलपहल

काठमाडौँ- बडादसैँ नजिकिएसँगै काठमाडौंको कलंकीमा खसी, बोका, भेडा, च्याङ्ग्रा तथा कुखुराको

महाअष्टमीमा मैतीदेवी मन्दिरमा भक्तजनको घुइँचो (तस्बिरहरू) 

काठमाडौँ- बडादसैँको आठौँ दिन महाअष्टमीका अवसरमा काठमाडौंको मैतीदेवी मन्दिरमा बिहानैदेखि दर्शनार्थीको

रुबियो भारत भ्रमणमा, ऊर्जा र व्यापार सहकार्य प्राथमिकतामा

वासिङ्टन– अमेरिकी विदेशमन्त्री मार्को रुबियो भारत र उज्बेकिस्तानको भ्रमणका लागि

चितवन कारागारका कैदीबन्दीमा छैन दसैँको उत्साह

चितवन- विगतका वर्षमा खेलकुद, सांस्कृतिक कार्यक्रम, नाचगान र सामूहिक भोज गरेर

जलजला बाढीपहिरो प्रभावितलाई प्रवासीबाट साढे सात लाखभन्दा बढी सहयोग

म्याग्दी- पछिल्लो मनसुनजन्य विपद्बाट प्रभावित पर्वतको जलजला गाउँपालिकालाई अस्ट्रेलियामा रहेका