कामुक फोटो पठाएर इजरायली सेनाको फोन ह्याक « Khabarhub

कामुक फोटो पठाएर इजरायली सेनाको फोन ह्याक


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं –  ह्याकरहरुले युवतीका कामुक फोटो पठाएर इजरायली सेनाका दर्जनौ सैनिकहरुको स्मार्टफोन ह्याक गरेका छन ।

इजरायली सेनाका प्रवक्ताका अनुसार सैनिकहरुलाई ह्याकरहरुले युवतीहरुको कामुक फोटो पठाएर  एक एप्लिकेशन डाउनलोड गर्न उक्साएका थिए ।

यो ह्याकिंग हमास संगठनसँग जोडिएका मानिसहरुले गरेका हुन सक्ने आंकलन गरिएको छ । गाजामा नियन्त्रण रहेको चरमपन्थी गुट हमास र इजरायलबीच पहिलैदेखि शत्रुतापुर्ण सम्वन्ध छ ।

इजरायली सेनाका प्रवक्ता कर्नेल जोनाथन कार्निकसका अनुसार इजरायली सैनिकहरुको स्मार्टफोन ह्याक गर्ने यो तेस्रो र हालसम्मको सबैभन्दा जटिल प्रयास हो ।

उनीहरुले ह्याक गर्न सिकीरहेको देखिएको र आफ्नो क्षमतालाई बढाएको उनले बताए । कर्नेत कार्निकसका अनुसार ह्याकरहरुले धेरथोर हिब्रु बोल्ने र आफु प्रवासी भएको दाबी गर्ने युवतीहरुलाई आफ्नो ह्याकिंग आधार बनाएका थिए ।

सैनिकहरुसँगको मित्रतापछि ती युवतीहरुले केहि लिकंहरु पठाएका थिए र उनिहरुले यसबाट आफुहरुको फोटो पठाउने बताएका थिए । तर लिकंहरु भाइरस भएको र त्यसले स्मार्टफोनलाई ह्याक  गरेको बताइएको छ ।

एकपटक यस लिंकमा क्लिक गरेपछि यो लिंकले ह्याकरहरुलाई स्मार्टफोनको डाटा, लोकेशन र फोटोहरुमा एक्सेस गर्न सक्ने बनाइदिन्थे ।

यतिमात्रै नभई ह्याकरहरुले यसबाट फोनलाई कन्ट्रोल गर्न पनि सक्दथे । जसबाट उनिहरुले स्मार्टफोन यूजरको जानकारी बिनानै भिडियो र अडियो रेकर्ड पनि गरेको बीबीसीले जनाएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ९ : २७ बजे

वाग्मती सफाइ महाअभियान ७०० औँ हप्तामा

काठमाडौं– चौध वर्षअघिदेखि सुरु भएको वाग्मती सफाइ महाअभियान ७००औँ हप्तामा

भौतिकसँगै संरचनागत विकासले फेरिँदै च्याङ्ग्रे क्षेत्र

भोजपुर– भौतिक तथा पर्यटकीय संरचना निर्माणले भोजपुरको च्याङ्ग्रे पोखरी र

नागरिकको विश्वास जित्नेगरी पार्टीलाई रूपान्तरण गर्ने सभापति थापाको प्रतिबद्धता

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले नागरिकको विश्वास जित्नेगरी

भारतमा दर्जनौँ विपक्षी नेता, सयौँ प्रदर्शनकारी पक्राउ

काठमाडौं- भारतमा दर्जनौँ विपक्षी नेताहरु पक्राउ परेका छन् । प्रमुख

सरकारलाई काम गर्ने अवसर दिनुपर्छ : अध्यक्ष घिसिङ

नारायणगढ – उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले सकारात्मक समन्वयका