‘ईश्वरले प्रार्थाना सुनेका कारण हाम्रो मुलुकमा कोरोना भाइरस आएको छैन’ « Khabarhub

‘ईश्वरले प्रार्थाना सुनेका कारण हाम्रो मुलुकमा कोरोना भाइरस आएको छैन’


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

जकार्ता– चीनबाट शुरु भएको कोरोना भइरसको महामारीले विश्व आक्रान्त छ । हालसम्म सयौंले ज्यान गुमाइसकेका छन् ।

अरु दशौं हजार संक्रमित छन् । चीनबाहेक जापान, थाइल्याण्ड, मलेशिया, भियतनाम, अस्टे«लिया, फिलिपिन्स लगायतका मुलुकमा पनि कोरोनाभाइरसको संक्रमण पुष्टि भइसकेको छ ।

प्रायः सबै छिमेकी मुलुकमा कोरोना भाइरसको संक्रमण पुष्टि भइसकेपनि दक्षिणपूर्वी एशियाली मुलुक इण्डोनेशियामा भने हालसम्म कोरोनाभाइरसको कुनै संक्रमण पुष्टि भइसकेको छैन ।

उच्च जोखिमका बावजुद २६ करोड जनसङ्ख्या रहेको इण्डोनेशिया भने कोरोना भाइरसको महामारीबाट सुरक्षित देखिन्छ । यद्यपि विश्व स्वास्थ्य संगठनले इण्डोनेशिया यसको ठूलो जोखिममा रहेको जनाएको छ ।

आखिर किन इण्डोनेशिया कोरोना भाइरसको महामारीबाट जोगियो त ? त्यहाँका स्वास्थ्यमन्त्रीसँग भने यसको जवाफ छ । स्वास्थ्यमन्त्री टेरावान अगुस पुत्रान्तोका अनुसार ईश्वरलाई गरिएको प्रार्थानाका कारण इण्डोनेशिया प्राणघातक कोरोना भाइरसको महामारीबाट जोगिएको हो ।

‘हामीले ईश्वरप्रति आभार हुनुपर्छ ।’ यसअघि सैनिक चिकित्सिक र रेडियोलोजी विशेषज्ञका रुपमा काम गरेका पुत्रान्तोले भने, ‘हाम्रो प्रार्थानाका कारण यस्तो भएको हो । हामी इण्डोनेशियामा यस्तो होस् भन्ने चाहदैनौं ।’

इण्डोनेशियाले मुलुकमा कोरोना भाइरस महामारी नियन्त्रण गर्न स्वास्थ्य परीक्षणलाई चुस्त बनाएको छ भने चीनबाट र चीनतर्फ हुने सबै उडान स्थगित गरिसकेको छ । यसअघि बर्डफ्लू र इबोलाको महामारी फैलिँदा इण्डोनेशियाले अपनाएको सतर्कतालाई लिएर विश्वभर आलोचना भएको थियो ।

एक दशकभन्दा धेरैअघि एचवानएनवान भाइरसको महामारी फैलिँदा इण्डोनेशियामा २ सयभन्दा धेरैको ज्यान गएको थियो ।

हालसम्म इण्डोनेशिया ६२ जनामा कोरोना भाइरसको संक्रमण भएको हुनसक्ने भनी परीक्षण गरिएकोमा कसैमा पनि यसको पुष्टि भइसकेको छैन ।

त्यस्तै, महामारीग्रस्त वुहान शहरबाट २३८ जना आफ्ना नागरिकलाई इण्डोनेशियाले उद्धार गरी नाटुना बेसार टापुमा दुई सातासम्म क्वारेन्टाइनका लागि राखेको थियो । तीमध्ये कसैमा पनि कोरोना भाइरसको संक्रमण पुष्टि भएको थिएन ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  १२ : १६ बजे

जेडी भान्सको राष्ट्रपति उम्मेदवारीबारे अहिले नै भन्नु हतार हुन्छ : ट्रम्प

काठमाडौं – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उपराष्ट्रपति जेडी भान्सको भावी

दसैँका लागि सेलरोटी पकाउने चटारो

पर्वत – बडादसैँ नजिकिएसँगै पर्वतको फलेबास नगरपालिका–२ मा घरघरमा सेलरोटी

सौराहामा विदेशी पर्यटकले नेपालीसँगै मनाए बडादसैँ

चितवन- नेपालको प्रमुख पर्यटकीय गन्तव्य चितवनको सौराहा घुम्न आएका विदेशी

इराकले इरानसँगको शालमचेह सीमा नाका अर्को सूचना नभएसम्म बन्द गर्ने

काठमाडौं– इराकका प्रधानमन्त्री अली अल जैदीले इरानसँग जोडिएको शालमचेह सीमा

उपराष्ट्रपतिले गरे बडादसैँको टीका ग्रहण

काठमाडौँ– उपराष्ट्रपति रामसहायप्रसाद यादवले आज बिहानको शुभसाइतमा विजयादशमीको टीका, प्रसाद