खोकी लाग्दा खानुस् यी खानेकुरा « Khabarhub

खोकी लाग्दा खानुस् यी खानेकुरा


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


18
Shares
  • change font
  • change font
  • change font

सामान्य खोकी लाग्ने समस्य सबैमा कुनै न कुनै बेला भएको हुनसक्छ । गर्मी वा जाडो जुनसुकै समयमा पनि खोकी लाग्छ सक्छ । खोकी लाग्नुको पनि विभिन्न कारणहरु हुन्छन् ।

खोकी लाग्नुको कारण सामान्य चिसो वा मौसमी रुघाखोकीको समस्या पनि हुनसक्छ । खोकी लाग्नुको अर्थ गम्भिर रोगको संकेत पनि हुनसक्छ । त्यसैले खोकी लागिरहने वा केही दिनमा पनि निको नभएमा चिकित्सकको सल्लाह लिनुपर्छ । तर समान्य खोकी लाग्ने समस्यालाई भने हामीले आफ्नो जीवनशैली परिवर्तन गरेमा आफै पनि निको हुन्छ ।

जीवनशैली परिवर्तन भन्नुको अर्थ खोकी लागेको समयमा कस्तो कुरा खाने र कस्तो कुरा नखाने भनेर ध्यान दिन जरुरी हुन्छ । खोकी लागेको समयमा जे मन लाग्यो त्यही खाएमा खोकीको समस्या झनै बढ्न सक्छ । त्यसैले आज हामी तपाईलाई खोकी लागेको समयमा कस्ता खानेकुरा खानु हुँदैन भनेर जानकारी दिँदैछौं ।

खोकी लाग्दा नखानुस् यी खानेकुरा

कफी तथा चिया

खोकी लाग्दा कफी र दुधको चिया खानु हुँदैन । कफी र दुध मिसाइएको चियाले घाटीलाई सुख्खा बनाउने छ । यस्तै खानेकुरा निल्दा समेत गाह्रो हुन्छ जसले गर्दा खोकीको समस्या झनै बढ्न सक्छ ।

जंक फुड

जंक फुडले हाम्रो शरीरमा भएको रोग प्रतिरोधात्मक क्षमतालाई कमजोर बनाउँछ । त्यसैले खोकी लागेको समयमा जंक फुड खादा खोकीको समस्या झनै बढ्छ ।

तारिएका खानेकुरा

खोकी लाग्दा तारिएका खानेकुरा नखानु उपयुक्त हुन्छ ।तारिएका खानेकुरामा हुने तेल अर्थात चिल्लोले खोकी लाग्ने समस्या झनै बढ्छ ।
तातो तेलमा खानेकुरालाई लामो समय फ्राइ गर्दा एक्रोलिन नामक तत्व उत्पन्न हुने र त्यसले खोकी लाग्ने र घाँटी दुख्ने कारक तत्वलाई सक्रिय बनाउँछ ।

चिसो पदार्थ

आइस क्रिम र चिसो पेय पदार्थले घाँटीको संक्रमणको खतरा हुन्छ ।

मदिरा

मदिराले रोग प्रतिरोधात्मक क्षमता घटाउनुका साथै डिहाइड्रेसन गराँउछ । यसले खोकी झन् खोकी बढाउनुका साथै अन्य समस्या उत्पन्न गर्छ ।

खोकी निको पार्न के गर्ने ?

–मनतातो पानीमा नुन हालेर घोली गार्गल गर्नाले सुक्खा खोकी घट्दै जान्छ,

–सुक्खा खोकी निरन्तर लागेर हैरान बनाएको बेलामा मह खाने गर्नाले सञ्चो हुन्छ । महले घाँटीलाई सुक्खा हुन दिँदैन र सुक्खा खोकी लाग्ने क्रमलाई कम गरिदिन्छ,

–सुक्खा खोकी लागेको बेला अदुवा मिसाएको चिया खाने गर्नाले आराम मिल्छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ३४ बजे

नेप्से परिसूचक १२ अंकले घट्यो

काठमाडौं– धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज ओरालो

‘समृद्ध र विकसित समाज निर्माण गर्न सहकार्य र समन्वय आवश्यक छ’

भैरहवा– प्रहरी महानिरीक्षक दानबहादुर कार्कीले समाजलाई कुसंस्कार र विकृतिबाट मुक्त

पार्टीभित्र कुनै मत–मतान्तर छैन : शंकर पोखरेल

 काठमाडौं– नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले पार्टीभित्र अहिले कुनै

पाकिस्तानमा प्रहरीको गोली लागेर अस्ट्रेलियाली बालिकाको मृत्यु

एजेन्सी– पूर्वी पाकिस्तानमा प्रहरीले गल्तीवश चलाएको गोली लागेर एक अस्ट्रेलियाली

इरान-अमेरिका समझदारी : दुवै पक्षद्वारा जितेको दाबी, इजरायलले नमान्ने, लेबनानमा अन्यौल

काठमाडौं- इरान र अमेरिका विगत साढे तीन महिनादेखि जारी द्वन्द्व