नेपालले बंगलादेशको सइदपुर विमानस्थल प्रयोग गर्न पाउने « Khabarhub

नेपालले बंगलादेशको सइदपुर विमानस्थल प्रयोग गर्न पाउने


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– बंगलादेशले नेपाललाई सइदपुर विमानस्थल प्रयोग गर्न दिने भएको छ ।

दुई मुलुकबीच व्यापार र कनेक्टिभिटी विस्तार गर्नका लागि बंगलादेशले नेपालको प्रस्ताव स्वीकार गरी यस्तो निर्णय गरेको बंगलादेशको यूएनबी समाचार संस्थाले जनाएको छ ।

बंगलादेश भ्रमणमा रहेको परराष्ट्रमन्त्री प्रदीप ज्ञवाली र बंगलादेशी विदेशमन्त्री अब्दुल मोमेनबीच मंगलबार यस सम्झौतामा हस्ताक्षार भएको हो । यसबाट दुई मुलुलबीचको व्यापार, लगानी र कनेक्टिभिटी सुदृढ हुने अपेक्षा गरिएको छ ।

अब त्यस विमानस्थलबाट भरिने उडानको अध्ययनका लागि नेपालले टोली गठन गर्ने । बंगलादेशको राजधानी ढाकाबाट ३५० किलोमिटरको दुरीमा रहेको विमानस्थलको स्तरोन्नती भइरहेको र हाल ढाकाबाट हरेक दिन १२ देखि १४ वटासम्म उडान भइरहेका कारण नेपालबाट बंगलादेश आउनेहरुलाई ढाका पुग्न सहज हुने बंगलादेशी विदेशमन्त्री एके अब्दुल मोमेनले जनाएका छन् ।

सन् १९७९ देखि बंगलादेशको आन्तरिक विमानस्थलको रुपमा सञ्चालन हुँदै आएको यो विमानस्थल १३६.५९ एकड क्षेत्रफलमा फैलिएको छ ।

सइदपुर शहरबाट दुई किलोमिटरको दुरीमा रहेको यो विमानस्थलमा बंगलादेशको ध्वजावाहक विमान बंगलादेश एअरलाइन्स, नोभोएअर र यूएस बंगला एअरलाइन्सले उडान भर्दै आएका छन् ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ३ : ०५ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै