आईसीसीद्वारा अमेरिकी अलराउण्डर पटेलमाथि प्रतिबन्ध « Khabarhub

आईसीसीद्वारा अमेरिकी अलराउण्डर पटेलमाथि प्रतिबन्ध


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले अमेरिकी लेफ्टह्याण्ड अलराउण्डर निसर्ग पटेललाई बलिङमा प्रतिवन्ध लगाएको छ ।

आईसीसीको स्वतन्त्र प्यानलले निसर्ग पटेलको बलिङ शैली ठिक नभएको ठहर गर्दै उनलाई तत्कालै लागू हुने गरी बलिङ प्रतिबन्ध लगाएको हो ।

काठमाडौंमा माघ २२ देखि २९ सम्म भएको आईसीसी विश्वकप क्रिकेट लिग २ मा ओमानविरुद्धको खेलमा उनले गरेको बलिङ नियमविपरित भएको आईसीसीले जनाएको छ ।

ओमान र अमेरिकाबीचको माघ २८ गते भएको खेलमा उनले गरेको बलिङ शैलीमाथि आईसीसीले शंका गरेको थियो । उनलाई आईसीसीको ‘इलिगल बलिङ रेगुलेसन अन्तरगत ४.७ अन्तरगत प्रतिबन्ध लगाएको हो ।

ओमानविरुद्धको उक्त खेलमा उनले ५२ रनको अर्धशतकिय इनिङ्स खेलेका थिए ।

अब उनी आईसीसीको टेस्टिङ सेन्टरमा रहनेछन् । जहाँ उनको बलिङ शैलीलाई आईसीसीको एक्सपर्ट प्यानलले हेर्ने छ । एक्सपर्ट प्यानलले इन्डिपेन्डेन्ट प्यानललाई उनको बलिङ शैली ठिक रहेको जानकारी जानकारी गराएपछि मात्र उनीमाथिको प्रतिबन्ध फुकुवा हुन सक्नेछ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ५ : ५० बजे

छ सय वर्ष पुरानो खड्गदेवीमा भक्तजनको भीड

दमौली (तनहुँ)- तनहुँको पर्यटकीय नगरी बन्दीपुरमा रहेको प्रसिद्ध खड्गदेवी मन्दिरमा

नवरात्रको सातौँ दिन : कालरात्रि देवीको विधिपूर्वक पूजा आराधना

काठमाडौं- नवरात्रको सातौँ दिन दसैँ घर तथा पूजाकोठामा नवदुर्गामध्येकी सातौँ

किशोर श्रेष्ठलाई पक्राउ गरिएकोबारे पत्रकार महासंघले के भन्यो ?

काठमाडौं- नेपाल पत्रकार महासंघले जनआस्था साप्ताहिकका प्रधानसम्पादक किशोर श्रेष्ठलाई प्रहरीले

एसिया–प्रशान्तको समृद्धिमा जोड दिँदै एपीईसी सम्मेलन

बेइजिङ- एसिया–प्रशान्त क्षेत्रको आर्थिक समृद्धि र सहकार्य प्रवद्र्धन गर्ने उद्देश्यले

गृहमन्त्री गुरुङद्वारा जीवित देवी कुमारीको दर्शन

काठमाडौँ- गृहमन्त्री सुधन गुरुङले जीवित देवी कुमारीको दर्शन गरेका छन्