चीनलाई डा.रामेशको कटाक्ष « Khabarhub

चीनलाई डा.रामेशको कटाक्ष


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाचारको विषयलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले निकालेको धम्कीपूर्ण विज्ञप्ति सामाजिक सञ्जाल तातेको छ ।

यसको पक्ष र विपक्षमा आममानिसहरु विभक्त भइरहँदा प्रेस स्वतन्त्रताका पक्षधरहरुले चिनियाँ दूतावासको विज्ञप्तिको चर्को आलोचना गरेका छन ।

‘China’s secrecy has made coronavirus crisis much worse’ शीर्षकमा ‘दि काठमाण्डु पोष्ट’ले प्रकाशन गरेको समाचारमा बारेमा चीनले धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेपछि डा. रामेश ट्विटमार्फत चीनलाई कटाक्ष गरेका छन ।

अर्कोपटक चिनियाँ प्लेन आफ्ना ‘अपराधी’लाई लैजान काठमाडौँ आएछ भने सायद अनुप काफ्लेलाई पनि लैजाला ! भारतले त हेप्थ्यो हेप्थ्यो, अब त चीनले पनि ? नेपालमा के छाप्ने के नछाप्ने भन्ने कुरो नेपालको कानूनले निर्क्यौल गर्ने हो वा विदेशी नियोगले ‘के गर्नु पर्छ, मैले जान्या छु’ भन्दिने हो ?

मुटुरोग विशेषज्ञ डा. कोइराला तथ्यमा रहेर सामाजिक बिषयमा निर्मम ढंगले टिप्पणी गर्ने गर्दछन् ।

दूतावासको धम्कीपूर्ण विज्ञप्तिपछि सामाजिक सञ्चाल फेसबुक र ट्विटरमार्फत पनि वहसहरु छेडिएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत याङ्छीले आफ्नो ट्विटरमार्फत विज्ञप्ति सार्वजनिक गरेपछि त्यसको चर्को विरोध भएको छ ।

आफ्नो नामै किटेर दूतावासले विज्ञप्ति निकालेपछि पत्रकार अनुप काफ्लेले व्यंग्यात्मक प्रतिक्रिया दिँदै लेखेका छन् ‘ मलाई लाग्छ सबैले चिनियाँ दूतावासले लेखेको विज्ञप्ति पढ्ने मौका पाउनुभयो होला, छिमेकी मूलुकको प्रेस स्वतन्त्रताप्रतिको चिनियाँ चासो रुचिपूर्ण छ ।’

चिनियाँ दूतावासले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा कोरोनाको बिषयलाई लिएर चीनको राजनीतिक प्रणालीमाथी नै प्रहार भएको भन्दै पत्रकारको नाम नै किटेर धम्क्याएपछि चौतर्फि बिरोध भएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : २९ बजे

उपत्यकाका सडकमा सवारी चाप बढ्दै

काठमाडौँ- मान्यजनबाट विजया दशमीको टीका, जमरा र आर्शिवाद ग्रहण गर्न

ट्रम्पद्वारा ले पेनको प्रशंसा

वाशिङ्टन- अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले फ्रान्सेली दक्षिणपन्थी नेतृ मरिन ले

इन्जिनियर लामिछानेको गाई–भैँसी पालनबाट मासिक १५ लाख आम्दानी

काठमाडौँ- मेहनत र लगनशील भएर जुनसुकै व्यवसाय अँगाले पनि सफल

तलेजुमा सर्वसाधारणद्वारा कुमारीको हातबाट टीका ग्रहण, तलेजुलाई देवगृह भित्र्याइयो

भक्तपुर- विजयादशमीको दिन आज जीवित देवी एकान्त कुमारीको हातबाट स्थानीय

पूर्वराष्ट्रपति भण्डारीद्वारा छोरी-ज्वाईँ र सर्वसाधारणलाई टीका प्रदान

काठमाडौँ- पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले आज विजया दशमीको दिन आमा मिथिला