चीनलाई डा.रामेशको कटाक्ष « Khabarhub

चीनलाई डा.रामेशको कटाक्ष


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – समाचारको विषयलाई लिएर नेपालस्थित चिनियाँ दूतावासले निकालेको धम्कीपूर्ण विज्ञप्ति सामाजिक सञ्जाल तातेको छ ।

यसको पक्ष र विपक्षमा आममानिसहरु विभक्त भइरहँदा प्रेस स्वतन्त्रताका पक्षधरहरुले चिनियाँ दूतावासको विज्ञप्तिको चर्को आलोचना गरेका छन ।

‘China’s secrecy has made coronavirus crisis much worse’ शीर्षकमा ‘दि काठमाण्डु पोष्ट’ले प्रकाशन गरेको समाचारमा बारेमा चीनले धम्कीपूर्ण अभिव्यक्ति सार्वजनिक गरेपछि डा. रामेश ट्विटमार्फत चीनलाई कटाक्ष गरेका छन ।

अर्कोपटक चिनियाँ प्लेन आफ्ना ‘अपराधी’लाई लैजान काठमाडौँ आएछ भने सायद अनुप काफ्लेलाई पनि लैजाला ! भारतले त हेप्थ्यो हेप्थ्यो, अब त चीनले पनि ? नेपालमा के छाप्ने के नछाप्ने भन्ने कुरो नेपालको कानूनले निर्क्यौल गर्ने हो वा विदेशी नियोगले ‘के गर्नु पर्छ, मैले जान्या छु’ भन्दिने हो ?

मुटुरोग विशेषज्ञ डा. कोइराला तथ्यमा रहेर सामाजिक बिषयमा निर्मम ढंगले टिप्पणी गर्ने गर्दछन् ।

दूतावासको धम्कीपूर्ण विज्ञप्तिपछि सामाजिक सञ्चाल फेसबुक र ट्विटरमार्फत पनि वहसहरु छेडिएका हुन् ।

नेपालका लागि चिनियाँ राजदूत याङ्छीले आफ्नो ट्विटरमार्फत विज्ञप्ति सार्वजनिक गरेपछि त्यसको चर्को विरोध भएको छ ।

आफ्नो नामै किटेर दूतावासले विज्ञप्ति निकालेपछि पत्रकार अनुप काफ्लेले व्यंग्यात्मक प्रतिक्रिया दिँदै लेखेका छन् ‘ मलाई लाग्छ सबैले चिनियाँ दूतावासले लेखेको विज्ञप्ति पढ्ने मौका पाउनुभयो होला, छिमेकी मूलुकको प्रेस स्वतन्त्रताप्रतिको चिनियाँ चासो रुचिपूर्ण छ ।’

चिनियाँ दूतावासले मंगलबार सार्वजनिक गरेको विज्ञप्तिमा कोरोनाको बिषयलाई लिएर चीनको राजनीतिक प्रणालीमाथी नै प्रहार भएको भन्दै पत्रकारको नाम नै किटेर धम्क्याएपछि चौतर्फि बिरोध भएको हो ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ६ : २९ बजे

उत्तरी गोरखाका पाँच हजार घरधुरी विद्युतविहीन

गोरखा– उत्तरी गोरखाका करिब पाँच हजार घरधुरी विद्युतविहीन बनेका छन्

एमएडब्ल्यू अर्थमुभर्सद्वारा जेसीबी मेसिन हस्तान्तरण

काठमाडौं– नेपालमा जेसीबीको आधिकारिक विक्रेता एमएडब्ल्यू अर्थमुभर्सले बडा दशैँको पहिलो दिन

कांग्रेस महाधिवेशन : २३ स्थानमा एकसाथ मतगणना, बुधबारसम्ममा नतिजा सार्वजनिक हुने

काठमाडौँ – नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिका बाँकी पदको

उदयपुरमा एक हजार ४० केजी गाँजा बरामद

उदयपुर– उदयपुरमा प्रहरीले एकैदिन दुई स्थानबाट एक हजार ४० केजी

दसैँसँगै असन-इन्द्रचोक बजारमा बढ्यो चहलपहल (तस्बिरहरु)

काठमाडौँ– वडा दसैँसँगै काठमाडौँको असन र इन्द्रचोक बजारमा चहलपहल बढेको