साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोखरेल « Khabarhub

साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग जोड्नुपर्छ : मन्त्री पोखरेल


७ फाल्गुन २०७६, बुधबार  

पढ्न लाग्ने समय : 2 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री गिरिराजमणि पोखरेलले सिक्ने प्रक्रिया जीवनभर चल्ने भएकाले शिक्षालाई निरन्तर सिकाइको अवधारणासँग जोडेर हेर्नुपर्ने बताएका छन् । उनले साक्षरतालाई जीवनपर्यन्त शिक्षासँग गाँस्नुपर्ने आवश्यकता औंल्याए ।

काभ्रेपलाञ्चोक जिल्लालाई आज पूर्ण साक्षर जिल्ला घोषणा गर्नुहुँदै मन्त्री पोखरेलले नयाँ ढङ्गले शिक्षालाई व्यवस्थित गर्दै लानुपर्ने जिम्मा जनप्रतिनिधिमाथि आइपरेको बताए ।

अहिले सरकारले लिएको लक्ष्य ‘समृद्ध नेपाल, सुखी नेपाली’को नारालाई साकार पार्न दक्षजनशक्ति उत्पादन गरेर मात्रै सम्भव हुने भएकाले त्यसतर्फ सिङ्गो मुलुक केन्द्रीत हुनुपर्ने बताए ।

“शिक्षालाई श्रमसँग, श्रमलाई सीपसँग र सीपलाई उत्पादन र रोजगारीसँग जोड्न सकेमात्र समृद्धि सम्भव छ”, मन्त्री पोखरेलले भने, “प्राविधिक शिक्षा र व्यवहारिक शिक्षालाई व्यापक रूपमा विस्तार गरेर रणनीतिक ढङ्गले अगाडि बढ्न ‘स्किल फर अल’को नीतिमा सरकार अघि बढिरहेको छ ।”

उनले साक्षर भइसकेका पनि निरक्षरतर्फ फर्कनसक्ने अवस्थासमेत रहने भएकाले त्यसलाई पनि ध्यान दिन र अबको पुस्तालाई कम्प्युटर शिक्षासँग जोडेर हेर्नसमेत आग्रह गरे ।

जिल्ला साक्षर घोषणा गरिरहँदा अब नेपाल ‘डिजिटल लिट्रेसी’तर्फसमेत जानुपर्ने अवस्था रहेकोले बताउँदै मन्त्री पोखरेलले प्रविधिसँग शिक्षालाई जोडेर थप विकासको बाटोमा अघि बढ्न आग्रह गरे ।

शिक्षा पूर्वाधारको पनि पूर्वाधार भएकाले जनशक्ति निर्माणको क्रमसँगै जोडेर थप विकास गर्न स्थानीय सरकार, जिल्ला समन्वय समिति, प्रदेशसभा सदस्य तथा सङ्घीय सांसदले त्यसतर्फ ध्यान दिन आवश्यक रहेको उनको भनाइ छ ।

कार्यक्रममा संघीय सांसद गङ्गाबहादुर तामाङले उत्पादन गरेका जनशिक्तलाई व्यवहारिक रुपमा निरन्तरता दिन र पूर्ण साक्षर बनाउन सबैको काँधमा थप जिम्मेवारी आएकोले त्यसलाई पूरा गर्न सबैको हातेमालो आवश्यक रहेको बताए ।

प्रदेशसभा सदस्य लक्ष्मण लम्सालले शिक्षाको विकासको लागि स्थानीय तह, प्रदेश र संघीय सरकारबीचमा समन्वय र सहकार्य हुन आवश्यक रहेको बताए ।

शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री पोखरेलले काभ्रेपलाञ्चोक जिल्ला संयुक्त राष्ट्रसंघीय शैक्षिक, वैज्ञानिक एवं सांस्कृतिक संगठन(युनेस्को)ले तयार पारेको सूचक पूरा गरी ९६ दशमलब ४८ प्रतिशत साक्षर भइसकेकाले साक्षर काभ्रेपलाञ्चोक जिल्ला घोषणा गरे ।

राष्ट्रिय जनगणना २०६८ अनुसार १५ वर्षदेखि ६० वर्ष उमेर समूहका तीन लाख ७३ हजार ७२८ जनसङ्ख्यामध्ये आर्थिक वर्ष २०७६/७७ सम्ममा तीन लाख ६० हजार ५६० जनसङ्ख्या साक्षर भएको जिल्ला समन्वय समिति काभ्रेपलाञ्चोकले जनाएको छ । सो घोषणासँगै काभ्रेपलाञ्चोक जिल्ला देशको ५२औंँ साक्षर जिल्ला भएको छ ।

प्रकाशित मिति : ७ फाल्गुन २०७६, बुधबार  ८ : १६ बजे

कर्णाली सरकारको नीति तथा कार्यक्रम स्वीकृत

सुर्खेत । कर्णाली प्रदेशको मन्त्रिपरिषद् बैठकले आर्थिक वर्ष २०८३/८४ को

काठमाडौं विश्वविद्यालयको उपकुलपति नियुक्तिका शिक्षामन्त्रीले बनाए आफ्नै नेतृत्वमा समिति

काठमाडौं । काठमाडौं विश्वविद्यालयको १०१औँ सभा (सिनेट) बैठकले नयाँ उपकुलपति

आशिका भन्छिन् : प्रधानमन्त्रीले सदनमा जवाफ दिनुपर्छ, सभामुखको मुख न्याउरो हुँदै गयो

काठमाडौँ । सांसद आशिका तामाङले प्रधानमन्त्री वालेन्द्र शाहको अभिव्यक्तिप्रति असन्तोष

आयोगलाई पूर्वप्रधानन्यायाधीश र न्यायाधीशले सम्पत्ति विवरण नबुझाउने

काठमाडौं । सम्पत्ति छानबिन आयोगलाई पूर्वप्रधानन्यायाधीश र पूर्वन्यायाधीशहरूले सम्पत्ति विवरण

धवल शमशेरलाई राप्रपामै फर्किन अध्यक्ष लिङ्देनको आग्रह

काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का अध्यक्ष राजेन्द्र लिङ्देनले राप्रपा