कोरोना भाइरस : संक्रमण १७३ देशमा पुग्यो, ८९ सय ४३ को मृत्यु « Khabarhub

कोरोना भाइरस : संक्रमण १७३ देशमा पुग्यो, ८९ सय ४३ को मृत्यु


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–विश्वभर महामारीका रुपमा फैलिएको कोरोना भाइरसको संक्रमण १७३ देशमा पुगेको छ ।

कोरोना भाइरसकै संक्रमणबाट ८ हजार ९ सय ४३ जनाको मृत्यु भइसकेको छ । अहिलेसम्म २ लाख १८ हजार ७ सय २१ जनामा संक्रमण देखिएको छ । कोरोना भाइरस संक्रमित मध्ये ८४ हजार ३ सय ८६ जना उपचारपछि घर फर्किएका छन् ।

चीनको वुहानबाट फैलिएको कोरोनाको संक्रमण चीनमा फैलन छाडेको छ । विगत केहिदिनदेखि चीनमा नयाँ संक्रमणको संख्या शुन्य छ भने ज्यान गुमाउनेको संख्या पनि देखिएको छैन् ।

चीनमा अहिलेसम्म ३ हजार २ सय ३७ जनाले ज्यान गुमाएका छन् भने ८० हजार ८ सय ९४ मा संक्रमण छ । ६९ हजार ६ सय १४ जना उपचारपछि घर फर्किएका छन् । उपचारपछि फर्किनेमा संक्रमण दोहोरिएको देखिएपनि नयाँ संक्रमित नभेटिएको चिनियाँ सञ्चारमाध्यमले जनाएका छन् ।

चीनपछि दोस्रो धेरै प्रभावित बनेको मुलुक इटाली हो । इटालीमा ३५ हजार ७ सय १३ जनामा संक्रमण देखिएको छ । जहाँ ४ हजार २ सय ७ जनामा नयाँ संक्रमण देखिएको छ ।

अहिलेसम्म इटालीमा २ हजार ९ सय ७८ जनाले ज्यान गुमाएका छन् । ४ सय ७५ जनाले एक दिनमै ज्यान गुमाएका छन् ।

त्यस्तै इरानमा १७ हजार ३ सय ६१ संक्रमित छन् । १ हजार १ सय ३५ जनाले ज्यान गुमाएका छन् ।

कोरोनाकै संक्रमणबाट स्पेनमा ६ सय ३८, जर्मनीमा २८, अमेरिकामा १५०, फ्रान्समा २६४, दक्षिण कोरियामा ८४, स्वीटजरल्याण्डमा ३३, बेलायतमा १०४, नेदरल्याण्डमा ५८ जनाले ज्यान गुमाएका छन् ।

नेपालमा भने अहिलेसम्म संक्रमित फेला परेको छैनन् । नेपाल आएका एक चिनियाँमा देखिएको संक्रमण पनि ठीक भएर उनी फर्किएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ५ : ५३ बजे

यस्तो छ आजको फलफूल तथा तरकारीको थोक मूल्य

काठमाडौं– कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि

माघे सङ्क्रान्तिमा खाना महोत्सव

पाँचथर– माघे सङ्क्रान्तिको अवसर पारेर फिदिममा खाना महोत्सव आयोजना गरिएको

पोखरामा बृहत् कन्दमूल प्रदर्शनी

गण्डकी– चौथो राष्ट्रिय कृषि जैविक विविधता दिवसका अवसरमा पोखरा महानगरपालिका

आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस

काठमाडौं– आज राष्ट्रिय भूकम्प २७औँ सुरक्षा दिवस हो । विसं

विश्वकप तयारी : नेपाली टिमको बलिङ कोचमा अस्ट्रेलियन क्रिकेटर इयान हार्भे नियुक्त

काठमाडौं – नेपाल क्रिकेट संघ (क्यान)ले अस्ट्रेलियाका पूर्वक्रिकेटर इयान हार्भेलाई