सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना « Khabarhub

सिन्धुलीमा एक वृद्ध आइसोलेसनमा भर्ना


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

सिन्धुली- सिन्धुली अस्पतालमा एकजनालाई आइसोलेसन वार्डमा राखेर उपचार शुरु गरिएको छ ।

ज्वरो बढेपछि अस्पतालमा ल्याइएका कमलामाई नगरपालिका–७ का ८१ वर्षीय वृद्धलाई कोरोनाको आशङकामा अस्पतालको आइसोलेसन वार्डमा छुट्टै उपचार शुरु गरिएको सिन्धुली अस्पतालका डा अभिशेष भण्डारीले जानकारी दिए ।

यसैबीच सिन्धुली अस्पतालले फिवर क्लिनिक चलाउने तयारी गरेको छ । अस्पताल विकास समितिले सो का लागि भवन अभाव भएपछि अस्पताल प्राङ्गणमा टेण्टको व्यवस्था गरेको छ ।

अस्पताल विकास समितिका अध्यक्ष प्रल्हादकुमार पोखरेलका अनुसार स्वास्थ्यकर्मीले लगाउने पिपिइ नभएकाले सेवा सुचारु गर्न कठिन भएको छ ।

यसैबीच सिन्धुली अस्पतालमा आउने सबैले अनिवार्य रुपमा साबुन पानीले हात धुनुपर्ने भएको छ । विश्वभर फैलिँदै गएको कोरोना भाइरसको सङ्क्रमण हुन नदिन सावधानीस्वरुप अनिवार्य हात धुनुपर्ने भएको हो ।

अस्पताल सञ्चालन तथा व्यवस्थापन समितिको निर्णय अनुसार अस्पतालमा जानु पूर्व सबैले अनिवार्य रुपमा हात धुनुपर्ने नियम बनाइएको अध्यक्ष प्रल्हाद पोख्रेलले जानकारी दिए ।

यस्तै इमरजेन्सी कक्षमा जाने बिरामीका लागि स्यानीटाइजर लगाउनुपर्नेछ । आपत्कालीन सेवा भएकाले त्यहाँ साबुन पानीले हातधुन असम्भव रहेकाले स्यानिटाइजरको व्यवस्था गरिएको हो । सचेत र सावधानी अपनाएमा कोरोनाको सङ्क्रमणबाट बच्न सकिने भएकाले अस्पताले यस्तो नियम बनाएको हो ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ६ : २१ बजे

‘एमालेमा पुस्तान्तरण र पुनर्गठनको बहस सेलाएको छैन, स्थानीय चुनावसम्म कुरौँ’

काठमाडौँ- ठाकुर गैरे नेकपा एमालेका पुनर्गठन, पुस्तान्तरण र रूपान्तरणका मुखर

कोशी मन्त्रिपरिषद्का निर्णय सार्वजनिक

विराटनगर- कोशी प्रदेश सरकारले संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी ३१औँ सम्मेलनमा

स्थानीय चुनावका लागि रास्वपा क्यान्डिडेट क्लबको आवेदन खुला

काठमाडौं- राष्ट्रिय स्वतन्त्र पार्टीले आगामी स्थानीय निर्वाचनलाई लक्षित गर्दै नगरपालिका

१२ वर्षपछि खुल्यो चीन–उत्तर कोरिया जोड्ने पुल

बेइजिङ- चीन र उत्तर कोरियालाई जोड्ने तीन किलोमिटर लामो नयाँ

तनहुँमा एक वर्षमा ४६ वन्यजन्तुको उद्धार

दमौली (तनहुँ)- डिभिजन वन कार्यालय तनहुँले एक वर्षमा जिल्लाका विभिन्न