कोरोना भाइरस त्रास : स्पेनका सबै अस्पताल राष्ट्रियकरण | Khabarhub Khabarhub

कोरोना भाइरस त्रास : स्पेनका सबै अस्पताल राष्ट्रियकरण


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – कोरोना भाइरसको संक्रमणले महामारीको रुप लिएपछि स्पेन सरकारले सबै नीजि- अस्पताललाई पनि राष्ट्रियकरण गरेको छ ।

स्पेन सरकारले स्वास्थ्य सेवा प्रदान गर्ने सबै स‌ंस्थाहरुलाई राष्ट्रियकरण गरेको हो ।

पेड्रो सान्चेज सरकारले स्पेनका सबै निजी स्वास्थ्य संस्थाहरूको सुविधालाई राष्ट्रियकरण गर्दै कोरानाभइरसको संक्रमणलाई सार्वजनिक नियन्त्रणमा राख्ने घोषणा गरेको हो ।

स्पेनका स्वास्थ्यमन्त्री साल्भाडोर ईलाले उक्त घोषणा गर्दै स्पेनमा मेडिकल अध्ययनरत चौथो वर्षका विद्यार्थीलाई पनि देशको स्वास्थ्य सेवामा सहयोग पुर्‍याउन आग्रह गरेका छन्

कोरोना भइरसबाट चीन बाहिरका सबैभन्दा बढी प्रभावित देशहरूमध्ये स्पेन पनि एक हो । स्पेन सरकारले कोरोनाभाइरसको प्रकोप विरूद्ध लड्न धेरै असाधारण कदमहरू चालिरहेको छ।

गत हप्ता राष्ट्रिय आपतकालको अवस्थाको घोषणा गरिसकेको स्पेनमा स्कूल र सार्वजनिक ठाउँहरू बन्द गरिएको छ ।

नागरिकहरूलाई आवश्यक काममा वा खाद्यान्न र औषधि जस्ता आवश्यक चीजहरू किन्न मात्र घर बाहिर जान अनुरोध गरेको छ ।

स्पेनमा बुधबार रातिसम्म ६ सय ३८ जनाको मृत्यु भएको छ भने १४ हजार ७ सय ६९ जना कोरोनाबाटै संक्रमित भएका छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ८ : ५७ बजे

केन्द्रीय सदस्य पौडेलले गगन-विश्वमाथि लगाए यस्ता आरोप

काठमाडौँ– नेपाली कांग्रेसका नेता किरण पौडेलले पार्टीका दुई महामन्त्रीकै भूमिकाले

दैलेखमा जीप दुर्घटना, १५ जना घाइते

काठमाडौं – दैलेखमा बोलेरो जीप दुर्घटना हुँदा १५ जना घाइते

मदन भण्डारी विचारधारा विद्यार्थी जेनजीले फोरम गठन

काठमाडौँ- जनताको बहुदलीय जनवाद (जबज)लाई लोकतान्त्रिक विचारधारा मान्ने जेनजीहरूले ‘मदन

सुर्खेत प्रहरी हिरासतमा युवकको मृत्यु प्रकरण छानबिन गर्न बनाइयो समिति

सुर्खेत- जिल्ला प्रहरी कार्यालय सुर्खेतको हिरासतमा रहेका एक युवकको मृत्यु

किसान श्रेष्ठले मतदाता नामावली बारा नै सारे

काठमाडौँ– हालै एमाले प्रवेश गर्ने घोषणा गरेका पूर्वमन्त्री किसान श्रेष्ठले