कोरोनाको सन्त्रासका बीच नेपालबाट भारततर्फ मास्क तस्करी, पर्सा प्रहरीद्वारा २ जना पक्राउ « Khabarhub

कोरोनाको सन्त्रासका बीच नेपालबाट भारततर्फ मास्क तस्करी, पर्सा प्रहरीद्वारा २ जना पक्राउ


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

वीरगन्ज– कोरोना भाइरसको सन्त्रासका बीच सीमावर्ती भारतीय बजारमा माक्सको अभाव भएपछि तस्करहरुले बढी मूल्यमा बेच्ने गरी नेपालबाट भारततर्फ माक्स तस्करी गर्न थालेका छन् ।

पर्सा प्रहरीले बुधबार नेपालबाट भारततर्फ माक्स तस्करी गर्ने २ जनालाई नियन्त्रणमा लिएपछि नेपालबाट भारततर्फ मास्क तस्करी हुने गरेको खुलेको हो ।

पक्राउ पर्नेमा पर्साको छिपहरमाई गाउँपालिका–५ का ३८ वर्षीय सुनिल जैसवाल र सोही ठाउँका ३६ वर्षीय अजय महतो छन् ।

जिल्ला प्रहरी कार्यालय पर्साका अनुसार उनीहरुले काठमाडौंमा बनेका कपडाका मास्क बसमा हालेर भारततर्फ तस्करी गर्न लागेका थिए ।

बुधबार बिहान काठमाडौंबाट पर्साको भिष्वा जाने रात्री बस चेकजाँच गर्ने क्रममा २ जनालाई भारततर्फ तस्करी गर्न लागिएको मास्कसहित पक्राउ गरेको हो ।

प्रहरीले पक्राउ परेकाहरुको साथबाट २० हजार थान मास्क बरामद गरेको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ०६ बजे

फेरि पक्राउ परे सेयर कारोबारी दीपेन्द्र अग्रवाल

काठमाडौं- सेयर कारोबारी दीपेन्द्र अग्रवाल फेरि पक्राउ परेका छन् ।

दाङ शाखाको ३३औँ स्थापना दिवस : पत्रकारलाई पेसामा टिकाउन राज्यले लगानी गर्नुपर्ने

देउखुरी– नेपाल पत्रकार महासङ्घका अध्यक्ष निर्मला शर्माले श्रमजीवी पत्रकारलाई पेसामा

पोखरामा दोस्रो इन्डिया–नेपाल टुरिजम मिट सम्पन्न

काठमाडौं- काठमाडौंस्थित भारतीय राजदूतावासले नेपाल पर्यटन बोर्ड र पोखरा पर्यटन

बेनी–पाखापानी सडक योजना स्तरोन्नति अन्तिम चरणमा

म्याग्दी– जिल्लाको रणनीतिक महत्वको बेनी–पाखापानी सडक स्तरोन्नतिको योजना अन्तिम चरणमा