कारोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका व्यक्तिद्वारा आत्महत्या « Khabarhub

कारोना भाइरसको संक्रमण आशंकामा अस्पताल भर्ना भएका व्यक्तिद्वारा आत्महत्या


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली– कोरोना भाइरस संक्रमणको आशंकामा अस्पताल भर्ना भएका एक बिरामीले आत्महत्या गरेका छन् । यो घटना भारत हो ।

कोरोना संक्रमणको आशंकामा भारतको नयाँ दिल्लीस्थित सफदरजंग अस्पतालमा भर्ना भएका व्यक्तिले अस्पतालको सातौं तलाबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

३५ वर्षीय ती व्यक्तिलाई बुधबार बिहान अस्पतालको आइसोलेसन वार्डमा भर्ना गरिएको थियो । अस्ट्रेलियाको सिड्नीबाट नयाँ दिल्ली आइपुगेको उनलाई दिल्ली विमानस्थलका अधिकारीहरुले कोरोना संक्रमणको आशंकामा सिधै सफदरजंग अस्पताल पु¥याएका थिए ।

चिकित्सकहरुले कोरोना परीक्षणका लागि उनको नमूना संकलन गरेका थिए । तर, बुधबार राति उनले अस्पतालको सातौं तलबाट हाम फालेर आत्महत्या गरेका हुन् ।

भारतमा कोरोना भाइरसको संक्रमणका कारण अहिलेसम्म ३ जनाको मृत्यु भएको विवरण आएको छ । अहिलेसम्म १ सय ६१ जनामा संक्रमण देखिएको छ ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ५२ बजे

सुत्केरी र शिशुलाई घरदैलोमै स्वास्थ्य सेवा

सिरहा– सिरहाको लहान नगरपालिकाले मातृ–शिशु स्वास्थ्यलाई प्राथमिकता दिँदै सुत्केरी र

पर्वहरूले मेलमिलापको भावना अभिवृद्धि गर्न मद्दत पुग्छ : राष्ट्रपति पौडेल

काठमाडौं– राष्ट्रपति रामचन्द्र पौडेलले माघे सङ्क्रान्ति जस्ता पर्वले सम्पूर्ण नेपालीबीच

निर्वाचन ४९ दिन बाँकीः कस्तो छ सुरक्षा रणनीति ?

काठमाडौं – आसन्न प्रतिनिधिसभा सदस्य निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित

आज माघे संक्रान्ति पर्व मनाइँदै

काठमाडौं– आज माघ महिनाको पहिलो दिन अर्थात माघे संक्रान्ति ।

निर्विरोध सभापति भएपछि गगन थापाले भने-कांग्रेसको शान राख्छु

काठमाडौं – नेपाली कांग्रेसको विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगनकुमार थापाले