संसद बैठकबारे निर्णय गर्न छलफलमा जुटे सभामुख सापकोटा « Khabarhub

संसद बैठकबारे निर्णय गर्न छलफलमा जुटे सभामुख सापकोटा


६ चैत्र २०७६, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभा बैठक के हुने भन्ने अन्योल देखिएको छ ।

चैत्र सात अर्थात भोलिका लागि बोलाइएको बैठक र त्यसपछिका अन्य बैठकहरु के गर्ने भन्ने विषयमा सभामुख अग्निप्रसाद सापकोटाले छलफल शुरु गरेका छन् ।

कोरोना भाइरसको संक्रमण विश्वभर फैलदै गएको र नेपालले पनि उच्च सतर्कता अपनाउनु पर्ने आवाज यसअघि नै सांसदहरुले संसद बैठकमा राख्दै आएका थिए ।

सरकारले समेत धेरै भीडभाड युक्त क्षेत्रमा नजान आह्वान गरिसकेको अवस्थामा संसद बैठक के गर्ने भनेर सभामुख सापकोटा छलफलमा जुटेका हुन् ।

‘सभामुखले संसद बैठकलाई के गर्ने भन्ने विषयमा छलफल गरिरहनु भएको छ’ सभामुख सापकोटाका सञ्चार विज्ञ श्रीधर न्यौपानेले भने,‘उहाँले राजनीतिक दलका प्रमुख सचेतक, सचेतक तथा विभिन्न समितिका सभापति, संसद सचिवालयसँगको छलफल पछि के गर्ने भन्ने निर्णय गर्नुहुनेछ ।’

संसद सचिवालय स्रोतका अनुसार भोलिको बैठक सूचना टाँस गरेर स्थगित हुने सम्भावना रहेको छ ।

कोभिड–१९ संक्रमण, रोकथाम तथा नियन्त्रण उच्चस्तरीय समन्वय समितिको बुधवार बसेको बैठकले २५ जना भन्दा धेरै भेला हुन नपाउने निर्णय गरेको थियो ।

त्यस्तै बैठकले सिनेमा हल, रेस्टुरेन्ट, स्वीमिङपुल, स्कुल, कलेज लगायत धेरै मानिस भेला हुने स्थानहरु बन्द गरेसँगै प्रतिनिधिसभा बैठक के हुने भन्ने प्रश्न उव्जिएको छ ।

प्रतिनिधिसभामा सबै सदस्य उपस्थित हुने हो भने २७५ हुन जान्छन् ।

प्रकाशित मिति : ६ चैत्र २०७६, बिहीबार  ११ : ५६ बजे

जलवायु परिवर्तनले अष्ट्रेलियाका वन्यजन्तु र वातावरणमा तीव्र क्षति : प्रतिवेदन

क्यानबेरा – अष्ट्रेलियाको वातावरण सन् २०२५ मा औसतभन्दा राम्रो देखिए

कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक : विभिन्न ११ प्रस्तावमाथि छलफल जारी

काठमाडौं – नेपाली कांग्रेसको केन्द्रीय कार्यसमितिको बैठक आजदेखि सुरु भएको

रुखले च्यापिएर वृद्धको मृत्यु

पर्वत – पर्वतको बिहादी गाउँपालिका–१ बाच्छामा रुख काट्ने क्रममा ढलेको

बालेन सरकारका सामुन्ने आर्थिक चुनौतीको चाङ, सम्भावना र अवसर पनि उत्तिकै

काठमाडौं– केही दिनभित्र राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को तर्फबाट बालेन्द्र